अर्पणको ‘घर’ मा सुरक्षापछि बेनिशा अनुबन्धित

आर्टिष्ट खबर/ पुस, काठमाडौं ।

पछिल्लो समय ‘ब्ल्याइन्ड रक्स’ मार्फत पर्दामा देखिइएकी बेनिशा हमाल अब अर्को एक नयाँ चलचित्रमार्फत फेरी पर्दामा देखिने भएकी छिन् । हाल उनी अर्पण थापाले निर्देशन गर्ने चलचित्रमा ‘घर’मा अनुबन्धित भईसकेकी छिन् । यसको अलवा उनले लक्ष्मण सुनारले निर्देशन गर्ने चलचित्र अर्को चलचित्र ‘टुल्की’ पनि साइन गरिसकेकी छिन् । ‘टुल्की’ मा उनले पाँच श्रीमानको श्रीमतीको भूमिका निभाउँने छिन्। यसअघि उनका चलचित्रले फिल्म बक्सअफिसमा सफलता प्राप्त गर्न नसकेका कारण बेनिशालाई चलचित्रमा लिन हिचकिचएका निर्देशहरुले उनलाई अब भने भटाभट चलचित्रमा लिन थालेका छन्  ।

केहिदिन अघि घोषणा गरिएको ‘घर’को मुख्य भूमिकाका लागी सुरक्षा छानिएकी हुन् । हाल  बेनिशा हमाल पनि चलचित्रमा भित्रिएकी छिन् । चलचित्रका लागि अझै एक नायिकाको खोजी भइरहेको छ । चलचित्रमा निर्देशक अर्पण स्वयं प्रमुख भूमिकामा देखिँदैछन् । चलचित्र हरर जानरामा निर्माण हुन लागेको हो। चलचित्रमा दुई अभिनेत्रीको प्रमुख भूमिका रहनेछ ।

‘घर’ डीएस डिजिटलको ब्यानरमा निर्माण गर्न लागिएको हो । चलचित्र शर्मिला पाण्डेले निर्माण गर्दै्छिन् । उनलाई लगानीमा सन्तोष अधिकारीले सहयोग गर्दैछन् । चलचित्रको छायांकन माघको दोस्रो साताबाट सुरु हुँदैछ । चलचित्रले दर्शकलाई पूर्ण रुपमा तर्साउने निर्देशक थापाको भनाई छ । चलचित्रको कथा उनकै हो ।