मोदीको बायोपिकमा विवेक ओवराय

मुम्बई (एजेन्सी) ।

पछिल्लो समय बलिउडमा भर्सटायल अभिनेता सञ्जय दत्तको बायोपिकमा चलचित्र बनेको थियो । चलचित्रमा अभिनेता रणवीर कपुरले सञ्जयको भूमिका निर्वाह गरेका थिए । उक्त चलचित्र सर्वाधिक हिट हुनुकासाथै रणवीरको अभिनयलाई दर्शकले निकै रुचाएका थिए ।

त्यस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बायोपिकमा पनि चलचित्र बन्ने भएको छ । विभिन्न २३ भाषामा चलचित्रको फस्टलुकमार्फत पोष्टर सार्वजनिक गरिएको छ । चलचित्रमा नरेन्द्र मोदीको भूमिका अभिनेता विवेक ओवरायले निर्वाहा गर्ने भएका छन् । चलचित्रको पोष्टरमा विवेक दुरुस्तै मोदी देखिएका छन् । झट्ट हेर्दा उनलाई कसैले पनि विवेक ओवराय भनेर एकिन गर्न गाह्रो पर्छ ।

सार्वजनिक पोष्टरमा –‘देशभक्ति नै मेरो शक्ति हो ’ लेखिएको छ । उक्त पोष्टरमा विवेक पहेलो पोसाकमा देखिएका छन् । सेतो कपाल,सेतो दाह्री र उनको ब्याकग्राउमा फरफराएको भारतको झण्डा देख्दा उनलाई मोदी नै हो भनी बिश्वास गर्न सकिन्छ ।

भारतीय संचारमाध्यमले बताए अनुसार चलचित्रमा नरेन्द्र मोदीको चिया बेच्दाको संघर्षदेखि भारतको राजनीतिको शक्तिशाली पदमा आइपुग्दासम्मको कथा देखाइनेछ । ओमंग कुमारले निर्देशन गर्ने यस चलचित्रमा सुरुमा मोदीको बायोपिकमा बलिउड कलाकार परेश रावललाई अफर गरिएको थियो । उनले बिभिन्न कारण बस चलचित्रमा काम गर्न अस्वीकार्य जनाएपछि विवेक ओवरायले प्रधानमन्त्री नरेन्द्र मोदी बन्ने मौका पाएका हुन् ।