सलमान खानले देख्न सकेनन् अर्जुन कपूर र मलाइका अरोडाको प्रेम

मुम्बई (एजेन्सी) ।

हाल बलिउडमा अभिनेता अर्जुन कपूर र अभिनेत्री मलाइका अरोडा खानको प्रेम सम्बन्धलाई लिएर निकै टिक्का टिप्पणी भइरहेको छ । उनीहरु बीचको  प्रेम कसैबाट लुक्न सकेको छैन र उनीहरु लुकाउन पनि चाहादैनन्। दुनियाको कुनै मतलव नगरी अर्जुन र मलाइका सार्वजनिक रुपमै एकअर्काको साथमा समय बिताइरहेका छन् । समाचारका अनुसार अर्जुनकै लागि मलाइकाले  पूर्व पति अरबाजखानसँग सम्बन्ध विच्छेद गर्दै अर्जुनसँग नजिकिएकी हुन्।

भारतीय संचारमाध्यमले बताए अनुसार यी दुवैको सम्बन्धलाई अर्जुन कपूरको परिवारले समेत स्वीकार गरिसकेको छन् । अर्जुन कपूरको परिवार यो सम्बन्धबाट सन्तुष्ट छन् । तर बलिउडका सुपरस्टार सलमान खानले भने यो सम्बन्ध देखेर आक्रोश भएका छन् । अरबाज खानका दाइ सलमान खान भने अझै पनि अर्जुन कपूर र मलाइका अरोडाको सम्बन्धदेखि खुशी छैनन् । अभिनेता अर्जुन कपूरले अभिनेत्री मलाइका अरोडा खानभन्दा अघि सलमान खानकी बहिनी अर्पिता खानलाई डेट गरिरहेका थिए । तर पछि उनी सलमानकै भाइ अरबाज खानकी श्रीमती मलाइका अरोडाका साथ प्रेमसम्बन्ध गाँसेपछि सलमान खानलाई यो कुरा चित्त बुझेन ।

अर्जुन कपूरको परिवारलाई यो सम्बन्धलाई स्वीकार गरेपछि सलमानले बोनी कपूरमाथि पनि आक्रोश पोखेका छन् । उनले बोनी कपूरको २ वटा चलचित्रमा काम गर्ने अफरलाई अस्वीकार गरिदिएका थिए । अहिले सार्वजनिक खबरहरुका अनुसार सलमानले बोनी कपूरलाई उनको घरमा आउनसमेत प्रतिबन्ध लगाइदिएका छन् । बोनी कपूरसँगको वर्षौँदेखिको मित्रतालाई सलमानले मतलब नगरी उनको अब आउने चलचित्र ‘वान्टेड २’ र ‘नो एन्ट्री मे एन्ट्री’ मा अभिनय गर्न अस्वीकार गरिदिए ।  सलमान खानले अर्जुन कपूरको रिस उनका पिता बोनी कपूरमाथि पोखे । यस अघि बोनी कपूर र सलमान खानबीचको मित्रतानिकै प्रगाढ थियो । हाल भने छोराले गरेको गल्तीको सजाय सलमानले बोनी कपूरलाई दिएका छन् ।

सलमान खानले बलिउड चलचित्र निर्माताहरुलाई अर्जुन कपूरलाई कुनै पनि चलचित्रमा कास्ट नगर्नुभन्दै आदेश दिएका थिए । तर अर्जुन कपूरले त्यस समयमा सलमानसँग माफी माग्दै अब आइन्दा सलमान खानको परिवारलाई समस्या हुने कुनै पनि काम नगर्ने बताएका थिए । सलमानले पनि उनलाई त्यसबेला माफ गरिदिएका थिए ।

मलाइका अरोडाका पूर्व पति अरबाज खानले पनि मलाइकासँग डिभोर्स भएपछि आफूभन्दा २२ वर्ष कान्छी प्रेमिका इटालियन अभिनेत्री, डान्सर तथा मोडल जर्जिया एन्ड्रिया जर्जिया एण्ड्रीयानीलाई डेट गरिरहेका छन्। उनीहरु विवाह बन्धनमा बाँधिने भएका छन् । रिपोर्टका अनुसार दुवैको परिवारले विवाहको लागि स्वीकृती दिइसकेको छ । २०१७ मा आइटम डान्सर मलाइका अरोरासँग १८ वर्षको वैवाहिक सम्बन्धलाई टुङ्ग्याएका अरबाज सम्बन्धविच्छेदपछि हरेका पार्टी तथा समारोहमा जर्जियासँग सामेल हुदैँ आएका थिए ।