फ्राइडे रिलिज: वर्षामा घुमेको ‘चौका दाउ’ प्रदर्शनमा

आर्टिष्ट खबर/ पुस, काठमाडौं ।

यस साताको शुक्रबार चलचित्र ‘चौका दाउ’ प्रदर्शनमा आएको छ । यस अघि सार्वजनिक गरिएको हास्यप्रधान सामाजिक प्रेमकथामा आधारित चलचित्र ‘चौका दाउ’ को गीत तथा ट्रेलर दर्शकले निकै रुचाएका थिए । केन्द्रिय चलचित्र जाँच समितिले १६ वर्ष मुनीका बालबालिकाले अभिभावकको सहयोगमा हेर्न मिल्ने गरि पिजी (प्यारेन्स गाईडेड) सर्टिफिकेट दिएको उक्त चलचित्रमा एक तरुनीको प्रेमको जालमा उमेर ढल्किएका ४ बुढाहरु फस्दा आइपरेका समस्याहरुलाई रमाइलो ढंगबाट प्रस्तुत गरिएको  छ । चलचित्र सौर्य प्रोडक्सनको व्यानरमा निर्माण भएको हो । चलचित्रलाई काठमाडौंमा केबी फिल्मस् र मोफसलमा एफडीले वितरण गर्दैछ ।

चलचित्र  ‘चौका दाउ’लाई पूर्णेन्दु झाले निर्देशन गरेका हुन् । साढे चार दशकदेखि चलचित्र एवम् संगीत क्षेत्रमै सकृय रहेका वरिष्ठ संगीतकार शम्भुजित बासकोटा ‘चौका दाउ’ को परिकल्पनाकार रहेका छन् । मनोज राजभण्डारी र सौर्यजित बासकोटाले निर्माण गरेको चलचित्रमा सन्तोष पन्त, तैयव शाह वर्षा राउत, अजश्र ढुंगाना, विल्सिन विक्रम राई, रविन्द्र झा, निर्मल शर्मा, सोनिका केसी, श्याम राई, शिवशंकर रिजाल लगायतको अभिनय रहेको छ ।

अभिमन्यु निरवीको पटकथा संवाद रहेको चलचित्रमा दीर्घ गुरुङको छायाँकन, मित्रदेब गुरुङको सम्पादन, रोशन श्रेष्ठको द्वन्द्व, वसन्त श्रेष्ठ र भीमफेदी गाइजको नृत्य निर्देशन र वरिष्ठ संगीतकार शम्भूजित बास्कोटाको संगीत रहेको छ ।