‘रणवीर’ ट्रेलर: प्रशान्त र सुशीलबीच घमासान लडाइँ (ट्रेलर)

आर्टिष्ट खबर/ पुस, काठमाडौं ।

प्रतिक्षित चलचित्र ‘रणवीर’को ट्रेलर सार्वजनिक गरिएको छ। शुक्रबार राजधानिमा आयोजित एक कार्यक्रमका बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो। प्रेम, मित्रता र बदलाले भरिपूर्ण चलचित्रको ट्रेलरमा चलचित्रका लिड कलाकारहरु सुशील सिटौला ,प्रशान्त ताम्राकार,सुबेक्षा खड्का ,सुपुस्पा भट्टलाई प्रस्तुत गरिएको छ।

आगामी माघ १८ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रको टिजर, गीत र पोस्टर पश्चात ट्रेलर सार्वजनिक गरिएको हो । उक्त चलचित्रको 'तिरिमिरी तिरिमिरी तिनतारा' बोलको गीत अहिले निकै चर्चामा रहेको छ।

सन् २०१२ मा मिस इन्टरनेशनल नेपालको टाइटल पाएकी सुबेक्षाले यसै चलचित्र मार्फत डेब्यु गर्दै्छिन् । यस चलचित्रको लागि सुशीलले आफ्नो शारीरिक बनावटमा पनि परिवर्तन ल्याएका थिए । झन्डै ६ महिनाको मेहनतपछि सुशील रणवीर बन्न योग्य भएको निर्माण पक्षले बताए । यस चलचित्रको लागि सुशीलले आफ्नो शारीरिक बनावटमा पनि परिवर्तन ल्याएका थिए । झन्डै ६ महिनाको मेहनतपछि सुशील रणवीर बन्न योग्य भएको निर्माण पक्षले बताए । मित्रता, माया र बदलाको कथा बोल्ने चलचित्रलाई गोमा बिस्ट थापा र दिपेन्द्र रेग्मीले निर्माण गरेका हुन् ।

सुशील सिटौला , प्रशान्त ताम्राकार , सुबेक्षा खड्का ,सुपुस्पा भट्टको अलावा रवि गिरी,नरेश पौडेल, हरिहर शर्मा ,टिका पहाडी लगायतका कलाकारको अभिनय रहेको चलचित्रमा कथा,पटकथा,संवाद तथा निर्देशन गोविन्द सिंह भण्डारीको रहेको छ । त्यसैगरी चलचित्रमा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन, चन्द्र पन्तको द्वन्द, रामजी लामिछाने र सुरेन्द्र बसेलको कोरियोग्राफी छ भने चलचित्रमा समावेश गीतमा बाबु श्रेष्ठको छायांकन रहेको छ ।

Trailer: