‘सुशिल र म एक्शन सिनको बेला घाइते पनि भएका थियौं’ : प्रशान्त

आर्टिष्ट खबर/ पुस, काठमाडौं ।

चलचित्र ‘रणवीर’मा अभिनेता प्रशान्त ताम्राकार र सुशिल सिटौलालाई एक्शन भूमिकामा देख्न सकिन्छ । पछिल्लो समय नकारात्मक भूमिकामा दर्शक रुचाउँदै आएका प्रशान्तले यो चलचित्रमा पनि सोहि भूमिकालाई निरन्तरता दिएका हुन् तर सुशिलका लागी भने अहिलेसम्म कै फरक भूमिका हो । सुशिल यो भन्दा अघि ‘गाजाबाजा’ चलचित्रमा एक कुलतमा फसेको युवाको भूमिकामा दिएका थिए ।

आउँदो माघ १८ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘रणवीर’को केहिदिन अघि सार्वजनिक गरिएको ट्रेलरले दर्शकमा थप कौतोहल्ता थपिदिएको छ । दुई अभिनेताको दमदार एक्शनलाई दर्शकले धेरे रुचाएका छन् । ट्रेलरमा आएका अभिकांश प्रतिक्रियामा एक्शनलाई राम्रो मानिएको छ । प्रेम, मित्रता र बदलाले भरिपूर्ण चलचित्रको ट्रेलरमा प्रशान्त र सुशिलसँगै नायिका सुबेक्षा खड्का र सुपुस्पा भट्टलाई मुख्य भूमिकामा देख्न सकिन्छ । चलचित्रको यो भन्दा अघि टिजर, पोष्टर र एक गीत सार्वजनिक भइसकेको थियो ।

ट्रेलर सार्वजनिक कार्यक्रममा कलाकारहरुले आआफ्नो अनुभव सुनाएका थिए । अभिनेता प्रशान्तले चलचित्रका लागी एक्शनको दृश्य दिँदा घाइते भएको अनुभव पनि सुनाए । 'सुशिल र म एक्शन सिनको बेला घाइते पनि भएका थियौं' निकै गाह्रो भएको थियो’ प्रशान्तले भने । चलचित्रमा प्रशान्त र सुशिलको अधिकांश एक्शनको दृश्य देख्न सकिन्छ । यस्तै सुशिलले पनि एक्शनकै लागी भनेर ६ महिनादेखी आफ्नो शारिरीक वनावट परिवर्तन गरेको बताए ।  मित्रता, माया र बदलाको कथा बोल्ने चलचित्रलाई गोमा बिस्ट थापा र दिपेन्द्र रेग्मीले निर्माण गरेका हुन् ।

सुशील सिटौला , प्रशान्त ताम्राकार , सुबेक्षा खड्का ,सुपुस्पा भट्टको अलावा रवि गिरी,नरेश पौडेल, हरिहर शर्मा ,टिका पहाडी लगायतका कलाकारको अभिनय रहेको चलचित्रमा कथा,पटकथा,संवाद तथा निर्देशन गोविन्द सिंह भण्डारीको रहेको छ । त्यसैगरी चलचित्रमा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन, चन्द्र पन्तको द्वन्द, रामजी लामिछाने र सुरेन्द्र बसेलको कोरियोग्राफी छ भने चलचित्रमा समावेश गीतमा बाबु श्रेष्ठको छायांकन रहेको छ ।