भद्रगोलको नयाँ रेकर्डः लगातार तीन भाग युट्युव ट्रेन्डिङ १ मा

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ पुस, काठमाडौं । </b></pre><p style="text-align: justify; ">हाँस्य टेलिसिरियल ‘भद्रगोल’ले अहिलेसम्मकै नयाँ रेकर्ड राखेको छ । पछिल्लो लगातार तीन भाग (भाग १९१, १९२ र १९३) नेपाल युट्युव ट्रेन्डिङको पहिलो स्थानमा आएर नयाँ रेकर्ड राखेको हो । यो भन्दा अघि बिभिन्न भागहरु युट्युवको ट्रेन्डिङमा त आएका थिए तर लगातार तीनभाग शीर्षस्थानमा आउन सकेका थिएनन् ।&nbsp;<br></p><p style="text-align: justify; ">साथै भद्रगोलले अर्को रेकर्ड पनि राखेको छ । युट्युवमा अपलोड गरिएको २४ घण्टा नपुग्दै ९ लाख बढी म्युज पाएको छ । यो पनि अहिलेसम्मकै नयाँ रेकर्ड हो । अहिलेसम्मका भागहरुमा २४ घण्टा सम्म ८ लाख म्युजमात्र मात्र गरेको रेकर्ड थियो । गएको शुक्रबारको भाग १९३ मा नायिका केकी अधिकारीले पनि अभिनय गरेकी छिन् । भद्रगोलका श्रृंखला निर्देशक दीपक आचार्यका अनुसार कथाले मागेपछि नायिका केकी अधिकारीलाई भद्रगोलमा राखिएको हो ।</p><p style="text-align: justify; ">भद्रगोल मिडिया हवको प्रस्तुतीमा अर्जुन घिमिरे (पाँडे) र कुमार कट्टेल (जिग्री)को निर्देशनमा तयार हुँदै आएको छ । बिशेषगरी अर्जुन घिमिरे (पाँडे) , कुमार कट्टेल (जिग्री), हरिश निरौला (कक्रोज) र सागर लम्साल (बले)को अभिनय दर्शकले अत्यधिक मन पराएको पाइन्छ । गएको दुईसाता भने जिग्री भद्रगोलमा देखिएका छैनन् । भाग १९२ मा पाँडे जिग्री दुबै देखिएका थिएनन् ।&nbsp;&nbsp;</p><pre style="text-align: justify; "><b>video: (Episode 193)
</b><iframe frameborder="0" src="//www.youtube.com/embed/iKXCw720RUI" width="640" height="360" class="note-video-clip"></iframe><b>
</b></pre>