आर्टिष्ट खबर/ पुस, काठमाडौं ।

सिंगापुरमा आयोजना हुने अन्तराष्ट्रिय सौदर्य प्रतियोगीता ‘मिस हेरिटेज ईन्टरनेशनल २०१९’मा अदिती श्रेष्ठले नेपालको प्रतिनिधित्व गर्ने भएकी छन् । प्रतियोगीताको लागि नेपालको आधिकारीक संस्था ग्रिन आर्ट मिडियाले लाजिमपाटस्थित शंकर होटलमा एक कार्यक्रममा बिच अदितीलाई ‘मिस हेरिटेज ईन्टरनेशनल नेपाल २०१९’को ताज पहिर्याउदै अन्तराष्ट्रिय प्रतियोगीताका लागि आधिकारीक बाटो खुल्ला गरेको हो ।

कार्यक्रममा ‘मिसेज हेरिटेज ईन्टरनेशनल नेपाल २०१९’ दुर्गा विसुराल चुनिएकी छन् । उनले पनि सिंगापुरमा सोही समय आयोजना हुने विवाहित महिलाहरुको प्रतियोगिता ‘मिसेस हेरिटेज ईन्टरनेशनल २०१९’मा नेपालको प्रतिनिधित्व गर्नेछिन् । ईप्लानेट आयोजक रहेको यो अन्तराष्ट्रिय प्रतियोगिता हेरिटेज ईन्टरनेशनलको उद्धेश्य विश्वका, कला, संस्कृति, सम्पदा, पर्यटन, वातावरण र शान्तिका लागि काम गर्नु रहेको छ ।

युनेस्कोले ऐतिहासिक र महत्वपूर्ण सम्पदा सूचिमा परेका विश्वका ४० बढी मुलुकको प्रतियोगीतामा सहभागीता रहनेछ गर्दछ । २० वर्षकी अदिती श्रेष्ठ सामाजिक बिषयमा स्नातक तहमा अध्यायनरत छिन् । दुर्गा विसुरालले भने सोसीयोलोजीमा मास्टर गरेकी छन् । उनी विभिन्न व्यवसायमा समेत आबद्घ छिन् । दुबै प्रतियोगी सिंगापुर व्यक्तित्व, संचार कला, आत्मविश्वास, प्रतिभा, स्टेज प्रस्तुति लगायत बिभिन्न बिषयमा प्रशिक्षण सहित उड्नेछन् । उनीहरुको प्रतिभा निखार्ने काम कोरियोग्राफर अनिला श्रेष्ठले गर्नेछिन् ।