‘पागलपन्थी’मा जोन अब्राहम र उर्वशी रौटेला जोडी बाँध्दै

मुम्बई , एजेन्सी ।

बलिउड अभिनेत्री उर्वशी रौटेला प्राय आईटम गीतमा देखिने गर्छिन् । उनले केही चलचित्रमा पनि अभिनय गरिसकेकी छिन् । पछिल्लो समय चलचित्र ‘ग्रेट ग्रान्ड मस्ती’ पछि उनी फेरी चलचित्र ‘पागलपन्थी’मार्फत पर्दामा देखिँदै छिन् । उनी चलचित्रको काममा लागिससकेकी छिन् । ‘ग्रेट ग्रान्ड मस्ती’ नामक चलचित्रमा काम गरेपछि उनको चर्चा भन्दा बढी आलोचना भएको थियो । ‘ग्रेट ग्रान्ड मस्ती’मा भुत बनेकी उनी यस चलचित्रमा कमेडी गर्न तम्सिएकी छिन् ।

अनिश बज्मीको निर्देशनमा बन्ने यस चलचित्र ‘पागलपन्थी’मा उर्वशी अभिनेता जोन अब्राहमसँग मुख्य भूमिकामा देखिनेछिन् । समाचारका अनुसार यस चलचित्रको हाल औपचारिकरुपमा निर्माण घोषणा गरिईसकेको छैन् । घोषणा नभएपनि कलाकार तथा निर्देशकहरु चलचित्रको लागि वर्कसप गरिरहेका छन् ।

उर्वशीको सुन्दरताको चर्चा भएपनि उनको अभिनयले दर्शकको मन जित्न सकेको छैन । तर यो चलचित्र भने अडियन्सका लागि अलि बिषेश बन्ने बताइएको छ । त्यसैले यो चलचित्र उनका लागि पनि विशेष हुनेछ ।