आमिरले छाडेको ‘सारे जहाँ से अच्छा’ शाहरुखले पनि छाडे

मुम्बई , एजेन्सी ।

बलिउडका किंग खान अर्थात अभिनेता शाहरुखले खान केही समय अघि अन्तरिक्ष यात्री राकेश शर्माको बायोपिक चलचित्र ‘सारे जहाँ से अच्छा’ मा काम गर्ने भन्ने खबर सार्वजनिक भएको थियो । तर हाल शाहरुखले यस चलचित्रबाट हात झिकेको खबर सार्वजनिक भएको छ । उनले एकाएक यसरी चलचित्रलाई अन्तिम अवस्थामा आएर छोड्नुको कारण उनको केही समयअघि प्रर्दशनमा आएको चलचित्र ‘जीरो’ को असफल व्यापारलाई बताइएको छ । ‘जिरो’ भारतीय बक्स अफिसमा असफल भएपछि खानले प्रयोगात्मक चलचित्रमा काम नगर्ने सोच बनाएका छन् । उनले, चलचित्र ‘फ्यान, जिरो’मा भीएफएक्सको प्रयोग बढी गरेका थिए । तर, यी दुबै चलचित्र बक्स अफिसमा असफल भएका छन् । यस चलचित्रबाट बाहिरिएपछि अब शाहरुख छिट्टै नै निर्देशक फरहान अख्तरका साथ चलचित्र  ‘डन ३’ को तयारीमा लागेका छन । तसर्थ उनले ‘डन ३’ का लागि ‘सारे जहाँ से अच्छा’ बाट हात झिकेका हुन्।

२०० करोडको लगानीमा बनेको चलचित्र ‘जीरो’ ले जम्मा ८९.२५ करोड मात्रै कमाएको थियो । साथै चलचित्र समीक्षकको तर्फबाट पनि खासै राम्रो प्रतिक्रिया पाएको थिएन । यसै कारण सुपरहिट चलचित्रको खोजीमा रहेका शाहरुख  यसअघि नै दर्शकको मन जितिसकेको ‘डन’ को तेस्रो भाग लिएर आउने तयारीमा लागेका हुन् ।

पछिल्लो समय चलचित्र निर्माताहरुले ‘सारे जहाँ से अच्छा’ को लागि अभिनेता आमिर खानलाई चुनेका थिए । तर आमिरले आफ्नो व्यस्तताका कारण समय दिन नसक्ने भन्दै शाहरुखलाई यो चलचित्र गर्न भनेका थिए। शाहरुखले पनि आमिरको प्रस्ताव स्वीकार गर्दै फिल्ममा काम गर्न राजी भएका थिए ।

यसै शिलशिलामा शाहरुख पनि साथी आमिरले आफूलाई यस चलचित्रमा काम गर्ने अवसर दिएकोमा आफू कृतज्ञ भएको भन्दै आमिरलाई धन्यवादसमेत दिएका थिए । अन्तरिक्षमा पुग्ने पहिलो भारतीय नागरिकको बायोपिकमा काम गर्न लागेको जानकारी शाहरुख आफैले दिएका थिए । यो चलचित्रमा पनि भीएफएक्समा बढी काम गर्नुपर्ने पक्का थियो ।तर अहिले आएर शाहरुख खानले पनि यो चलचित्र नगर्ने घोषणा गरेका छन्। उनले चलचित्र छोडेपछि अहिले चलचित्रका निर्माताहरु अरु नै अभिनेताको खोजीमा लागेका छन् ।

हाल शाहरुखका लागि एउटा हिट चलचित्रको  आवश्यकता परेको छ। पछिल्लो समयमा एकपछि अर्को गदै बक्स अफिसमा राम्रो फिल्म दिन नसकेका शाहरुख खानले चलचित्र ‘डन ३’ बाट भने दर्शकको साथ पाउने आशा गरिरहेका छन् । फरहान अख्तरको लगानी र निर्देशन रहने ‘डन ३’को चर्चा बलिउडमा लामो समयदेखि चल्दै आएको छ ।