प्रिया प्रकाशको ‘श्रीदेवी बंगलो’ बिवादमा

मुम्बई , एजेन्सी ।

आकर्षक तरिकाले आँखाको चाल देखाइएका कारण गत वर्ष भ्यालेन्टाइन्स डेमा सार्वजनिक भएको एक भिडियोले एक्ट्रेस प्रिया प्रकाश वारियरलाई रातारात चर्चामा ल्याएको थियो । उक्त भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भएको थियो ।

त्यसको ठिक एक वर्षपछि भ्यालेन्टाइन्स डे आउनुभन्दा केही दिन अगाडि प्रिया प्रकाश चलचित्र ‘श्रीदेवी बंगलो’को ट्रेलर सार्वजनिक भएको छ । श्रीदेवी बंगलो प्रिया प्रकाशको डेब्यु फिल्म हो । तर ट्रेलर सार्वजनिक भएपछि पहिलो चलचित्रमै उनको चौतर्फि आलोचना सुरु भएको छ । सामाजिक सञ्जालमा ट्रोल बन्न सुरु गरेका छन् । यो चलचित्रमा प्रिया प्रकाशले दिवंगत सुपरस्टार श्रीदेवीको भूमिका निर्वाह गरेकी छन्। ट्रेलरमा श्रीदेवी नामकी एक अभिनेत्री छन्, जसका देशविदेशमा धेरै प्रशंसक छन् । तर ती अभिनेत्रीको जीवनमा केही परिवर्तन आउन सुरु हुन्छ, उनी मदिरा तथा धुमपान गर्न थाल्छिन् । अन्तिममा उनको वाथटबमा डुबेर मृत्यु हुन्छ ।

श्रीदेवीका फ्यानलाई यो ट्रेलर मन परेको छ्रैन । श्रीदेवी माथि यस्तो चलचित्र निर्माण गरेका भन्दै आलोचना भइरहेको छ ।ट्रेलर निकै आलोचित भएपछि अभिनेत्री प्रिया प्रकाशले आफू जस्तो पनि आलोचना सुन्न तयार भएको प्रतिक्रिया दिएकी छन् । प्रिया प्रकाशको मलयालम फिल्म ‘ओरु अदार लव’ पनि विवादमा तानिएको थियो । उनको करिअरको दोस्रो र बलिउडको पहिलो फिल्म श्रीदेवी बंगलो पनि विवादित भएको छ ।

trailer