किन पुगे सारा अली खान र अमृता सिंह प्रहरी कार्यालय ?

...

<pre style="line-height: 1.42857; text-align: justify;"><span style="font-weight: 700;">मुम्बई , एजेन्सी ।</span></pre><p style="text-align: justify; ">बलिउड अभिनेत्री सारा अली खान र उनकी आमा अमृता सिंह प्रहरी कार्यालय पुगेका छन् । उनीहरु एक भू–माफिया विरुद्ध मुद्धा दर्ता गर्न प्रहरी कार्यालय पुगेका&nbsp;हुन् । अमृता सिंहका भाइ तथा भारतीय लेखक मधुसूदन बिम्मेटको गत शनिबार निधन भएको थियो । भाइको निधनपछि उनको सम्पत्तिका लागि विवाद सुरु भएको छ । अमृताका भाइ मधुसूदन क्यान्सर पिडित थिए । उनको मृत्यु भएपछि अमृता सिंह छोरी सारालाई लिएर अन्तिम संस्कारका लागि घर पुगेकी थिइन्। अमृताले नै भाइको अन्तिम संस्कार पनि गरेकी थिइन् । त्यसपछि उनी प्रहरी कार्यालय गएर एउटा मद्धा दर्ता गराएकी छिन् । अमृताका भाइ एक्लै बस्ने गर्थे । उनको सम्पत्तिमा भू–माफियाले आँखा लगाएर बसेका कारण उनको परिवार फर्किएर नआएसम्मका लागि प्रहरीले सुरक्षा दिनुपर्ने भन्दै मुद्धा दर्ताका लागि अमृता छोरी साराका साथ प्रहरी कार्यलय पुगेकी हुन् ।</p><p style="text-align: justify; ">अमृता सिंहका भाइको नाममा ४ एकड जमिनसहित करोडौंको सम्पत्ति रहेको छ । तर उक्त सम्पत्तिको हकवाला अरु कोही पनि नभएकै कारण अमृता सिंहले आफ्नो सम्पत्ति मुम्बई पुग्नुभन्दा अघि कोही अरुले कब्जा नगरुन् भन्नका लागि प्रहरी समक्ष पुगेकी थिइन् । तर अमृता सिंहका भाइको हेरचाह गरिरहेका खुशीराम नामका व्यक्तिले भने अमृतामाथि आरोप लगाएका छन् । उनले भनेका छन्, ‘भाइ बिरामी हुँदा, आफन्तको खाँचो पर्दा सहयोगका लागि कोही पनि आएनन् तर अहिले सम्पत्तिको हकवाला बनेर अमृता सिंह आएकी छिन् ।’अमृता सिंहले भने प्रहरी प्रमुखसमक्ष आफूमाथि लगाइएको आरोप निराधार रहेको बताएकी छिन् ।&nbsp;<br></p>