दर्शकहरुलाई सरप्राइज दिने तयारीमा एलिजा गौतम

आर्टिष्ट खबर/ माघ, काठमाडौं ।

चलचित्र 'अनुराग'बाट चलचित्र क्षेत्रमा डेब्यू गरेकी अभिनेत्री एलिजा गौतम हाल दोस्रो प्रोजेक्टको तयारीमा छिन् । पहिलो चलचित्रबाट धेरै आलोचना खपेकी एलिजाले दोस्रो प्रोजेक्टले भने दर्शकहरुलाई सरप्राइज दिने बताएकी छिन् । हुनत दुईवटा सन्तानकी आमा बनिसकेकी एलिजालाई चलचित्र क्षेत्रमा प्रवेश गर्नु निकै चुनौतीपूर्ण थियो । उनलाई परिवारको सर्पोट भएपनि चलचित्रमा अभिनय गर्नु उनको लागी निकै गाह्रो थियो । उनका श्रीमान अर्थात ऋषिराज धमला 'अनुरागका' प्रस्तुतकर्ता थिए । ऋषिले एलिजालाई दोस्रो प्रोजेक्टको लागी निकै सर्पोट गरिरहेका छन् ।

'अनुराग' हेरीसकेपछि दर्शकले उनलाई अभिनय सिकेर मात्र आउनु पर्ने सुझाव दिएका थिए । उनको अभिनय चित्त नबुझेपछि दर्शकले उनलाई यस्तो सुझाव दिएका हुन् । उनी भन्छिन् 'चलचित्र दर्शककालागी बनाईन्छ, त्यसैले मैले उहाँहरुले दिएको सुझावलाई सकारात्मक रुपमा लिएर अघि बढीरहेकी छु । अबको प्रोजेक्टमा भने म सकेसम्म गल्ती नगर्ने प्रयास गर्छु । म दर्शकहरुलाई सरप्राइज दिने कोशिस गर्छु।' उनी अब केही समय बाहिरी ब्यानरका सिनेमामा काम गरेर मात्र आफ्नो ब्यानरमा सिनेमा निर्माण गर्ने तयारीमा छिन् ।