‘प्रेमलीला’ निर्देशकमाथि नायिकाको आक्रोश : ‘पैसा नहुनेले किन फिल्म बनाउने’ ?

आर्टिष्ट खबर/ माघ, काठमाडौं ।

चलचित्र ‘प्रेमलीला’ की अभिनेत्री दीपशिखा यतिबेला निकै चर्चामा रहेकी छिन् । चलचित्रका लागी पाँच पटक कपाल मुण्डन गरेकी खड्काले ‘प्रेमलीला’का आधाहुदी निर्देशक जनक पाण्डेलाई आर्थिक हिनामिना गरेको आरोप लगाएकी छन् । उनले बिहीवार साँझ फेसबुकमा एक लामो स्टाटस लेख्दै निर्देशक पाण्डेले आर्थिक हिनामिना गरेको आरोप लगाएकी हुन् ।

दीपशिखा उक्त चलचित्रकी अभिनेत्री मात्र नभएर निर्मात्री पनि हुन् । निर्देशक जनक पाण्डेले चलचित्र छाडेपछि उनले  नै  यो चलचित्रको आधभन्दा बढी छायांकन निर्देशन पनि गरेकी छिन् भने आधाभन्दा कम छायांकन निर्देशन जनक पाण्डेले गरेका छन् ।

निर्देशक पाण्डेले चलचित्र छाडनुको कारण के र किन सम्हाल्न पर्यो निर्देशनको जिम्मेवारी दीपशिखाले ?

चलचित्रको ट्रेलर रिलिज कार्यक्रमको समयमा  निर्देशकलाई लात हानेर चलचित्रबाट निकालेको उनले बताइन् । चलचित्रमा पाण्डेले पनि लगानी गर्ने शर्त भएको तर छायांकनको क्रममा उल्टै आफूबाट पैसा लिएर भागेको उनले बताएकी छिन् । उनले बिहीवार साँझ फेसबुकमा लामो स्टाटस लेख्दै उक्त कुराको जानकारी दिएकी हुन् । उनले फेसबुकमा लेखेकी छिन्, 'मैले बारम्बार फोन गरेँ, फेसबुकमा म्यासेज पनि गरेँ तर कुनै जवाफ आएन । त्यसपछि रिसले गाली गरेर म्यासेज गरेँ, पुलिस केस गर्ने धम्की पनि दिएँ तर पनि केही मेरो सिप लागेन।’

स्टाटस :

पैसा अभावका कारण चलचित्रको छायांकन नै रोकिने भएपछि आफुलाई दिदी (नानी मैयाँ कार्की)ले १५ लाख दिएको उनले स्टाटसमा खुलाएकी छिन् । उनले थपेकी छिन् 'दिदीले दिनुभएको १५ लाखले पनि नपुगेनपछि  मैले आफूसँग भएको सुन र गाडी बेचेर सुटिङ सकेँ। मैले जसोतसो चलचित्रलाई पूर्ण बनाए। तर, अझै २०-२२ लाखको खर्च छ बाँकी छ।'

चलचित्रमा पबन गौतमको छायांकन, चन्दन दत्त र सालिक दुलालको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी रहेको छ भने महेश खड्का, नबिन कार्की र रबिराज शाहको संगीत, राजेश पायल राई, शोभा पाण्डे र भारतीय गायक राजाहसनको स्वर रहेको छ ।

चलचित्रमा दीपशिखा खड्का, भारतीय मोडल अलिखान, मौसम खड्का, सुरज तमु, रेखा शाह, शर्मिला शर्मा, भारतीय कलाकारहरु अर्चना शुक्ला, ट्वीकंलश्री वास्तव लगायतको अभिनय रहेको छ । अभिनेत्री खड्का कै कथातथा लेखन रहेको चलचित्र नानीमैया कार्की र फैजिल फिल्मस्ले संयुक्त रुपमा निर्माण गरेका हुन् । फागुन १० गतेबाट प्रदर्शनमा आउन लागेको यस चलचित्रको निर्देशनमा जनक र दीपशिखा दुबैको नाम छैन् ।