बिराजको ‘साङ्लो’मा बाँधिइन् निकिता

आर्टिष्ट खबर/ माघ, काठमाडौं

पुर्व मिस नेपाल तथा अभिनेत्री निकिता चाण्डक चलचित्र ‘साङ्लो’मा लिड रोलमा अनुबन्धित भएकी छिन् । अभिनेता विराज भट्टको डेब्यू निर्देशनमा बन्न लागेको यस चलचित्रमा निकिताको जोडीको रुपमा अभिनेता विराज नै रहनेछन् । एक उत्कृष्ट अभिनेत्री भित्र हुनुपर्ने सबै प्रकारको गुण निकिता भित्र भएकोले चलचित्रमा निकितालाईनै भित्र्याएको विराजले बताएका छन् । उनले चलचित्रको कथाले मागे बमोजिम अभिनेत्री भेटिएको बताएका छन् ।

निकिताले यसअघि ‘रानीमहल’ चलचित्रमा काम गरेकी थिइन् । तर उक्त चलचित्रको काम रोकिएको छ । आधा छायाँकनपछि निर्माण टिमबीच केही खटपट भएपछि उक्त चलचित्र रोकिन पुगेको हो । चैत्रको पहिलो साताबाट चलचित्र ‘साङ्लो’को छायाँकन शुरुहुने बताइएको छ ।