त्रिकोणात्मक प्रेमकथा ‘सम्हालिन्छ कहिले मन’को निर्माण घोषणा

आर्टिष्ट खबर/ माघ, काठमाडौं ।

त्रिकोणात्मक प्रेमकथामा आधारित रहने चलचित्र ‘सम्हालिन्छ कहिले मन’को औपचारिक घोषणा गरिएको छ। रानधानीमा एक कार्यक्रम आयोजना गर्दै चलचित्र निर्माणको घोषणा गरिएको हो । सुदर्शन थापाको निर्देशनमा तयार हुन लागेको चलचित्रमा अभिनेता आकाश, अभिनेत्री पूजा शर्मा, र नव–अभिनेता सोनम तोप्देनको मुख्य भूमिका रहने बताईएको छ ।

चलचित्रमा यि तीनको अलवा गौरी मल्ल, सरोज खनाल र धिरेन शाक्य लगायत कलाकारहरुको पनि अभिनय रहने छ । चलचित्रको लागि केहि कलाकार फाइनल हुन बाँकी रहेको टिमले जानकारी दिए । चलचित्रमा सोनमको गीत पनि रहेको छ । अर्जुन पोखरेल र ताराप्रकाश लिम्बुको संगीत रहने चलचित्रमा, कविराज गहतराजको कोरियोग्राफी, महेश दवाडीको कथा रहनेछ । ९ फेब्रुअरीबाट छायाँकन सुरु गरिने चलचित्रको छायाँकन यूके र नेपालमा गरिने बताईएको छ ।

भव्य कार्यक्रममा अभिनेता आकाश श्रेष्ठले चलचित्रमा जोडिन पाउँदा खुशी व्यक्त गर्दै भने, ‘ यस चलचित्रको टिमको विश्वास र दर्शकको मायाका कारण म यो चलचित्रमा जोडिएको छु । तपाईहरुको विश्वास अनुसार राम्रो काम गर्नेछु ।’ त्यसैगरी अभिनेता तथा गायक सोनम तोप्देनले भने, ‘मैले नेपाली चलचित्रमा प्रवेश गरेको छु । बिश्वास छ मलाई दर्शकले पक्कै पनि माया दिनुहुनेछ ।’

अभिनेत्री पुजा शर्माले पनि दर्शकको माया प्रति आभार रहेको बताईन् । उनले भनिन् दर्शकले हाम्रो चलचित्रलाई विश्वास गर्नु भएको छ । दर्शकहरुप्रति हामी निकै आभारी छौँ । यसपटक भने हामी राम्रो चलचित्र निर्माण गर्ने तयारीमा छौ । दर्शकले मलाई ‘गीत’को क्यारेक्टरमा फेरि हेर्न चाहनुभएको छ । यसपटक यो भन्दा पनि विशेष भूमिकामा दर्शकले हेर्न पाउनुहुनेछ ।’

कार्यक्रममा यस चलचित्रबारे चर्चा भए अनुसार चलचित्रका लागी सुदर्शनले ३५ लाख बढी पारिश्रमिक बुझेका छन् । त्यसतै आकाशले १० लाख र सोनमले साढे ८ लाख पारिश्रमिक बुझेको चर्चा छ भने अभिनेत्री पूजाले भने दुई अभिनेताभन्दा बढी पारिश्रमिक लिएकी छिन् । उनले १५ लाखमा चलचित्र साइन गरेको एग्रिमेन्ट पेपर नै सार्वजनिक गरेकी थिइन् ।