साराअलिलाई सैफअलिको सुझाव ‘मिडियामा धेरै आउनु राम्रो होईन’

मुम्बई , एजेन्सी ।

सारा अली खान छोटो समयमा नै लोकप्रिय बन्न सफल भएकी छिन् । हाल उनी मिडियामा खुब छाईरहेकी छिन् । गत वर्ष सार्वजनिक प्रर्दशनमा आएको बलिउड चलचित्र ‘केदारनाथ’ले बक्स अफिसमा राम्रो व्यापार गर्न सफल भएपछि उनको चर्चा चुलिन थालेको हो । अर्को चलचित्र ‘सिम्बा’ ले पनि बक्स अफिसमा राम्रै व्यापार गर्न सफल भएपछि सारा अली खान छोटो समयमा नै लोकप्रिय बन्न सफल भएकी हुन् । चलचित्र सँगै उनको अभिनयलाई पनि दर्शकले खुब रुचाएका छन् ।

डेब्यु चलचित्रमानै उनले गरेकोअभिनयले धेरै दर्शकलाई आर्कषित बनायो । उनी हाल सुन्दर र ट्यालेन्ट अभिनेत्रीको रुपमा चिनिन्छिन् । खबरका अनुसार सैफअली खानले छोरी सारालाई मिडियामा कम आउन सुझाब दिएको खबर बाहिरिएको छ । हाल सारा चलचित्रमा धमाधम अनुबन्ध भएपछि भारतीय मिडियाले गसिप बनाइरहेका छन् । उनका फोटो र गसिप प्रायः दिनदिनै मिडियाको मसला बन्ने गरेको छ । स्रोतले जनाए अनुसार दुई चलचित्रमा काम गर्न नपाउँदै उनी मिडियामा धेरै कभरेज भइन्, र उनलाई केही रिजर्भ रहनका लागि सैफले सुझाब मात्र दिएका हुन् ।

सैफले भने छोरीलाई कुनै पनि दबाब भने नदिएको केबल सुझाब मात्र दिएको भारतीय मिडियाले जनाएका छन् । हाल सारालाई अहिले मिडियाले निकै पछ्याइरहेका छन् ।