‘को बन्छ करोडपति’को लागि राजेश हमालको न्यू लुक्स

आर्टिष्ट खबर/ माघ, काठमाडौं ।

१९ माघबाट ब्रिटेनको चर्चित टेलिभिजन रियालटी शो ‘हुँ वान्ट्स टु वि अ मिलेनियर’ को नेपाली संस्करण ‘को बन्छ करोडपति’ प्रसारणमा आउँदैछ । नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालले सञ्चालन गर्ने यो  रियालटी शो शनिबार साँझ ८:३० बजे एपिवान टिभीबाट प्रसारण हुनेछ । ‘को बन्छ करोडपति’ एसआरबिएनले निर्माण गरेको हो ।

केही समय पहिले राजधानीमा आयोजित एक कार्यक्रममा आयोजकले ‘को बन्छ करोडपति’को प्रोमो समेत सार्वजनिक गरेको थियो । बेलायतबाट सन् १९९८ मा सुरु भएको विश्वप्रसिद्ध कार्यक्रम ‘हँ वान्ट्स टु बी अ मिलिनेयर’ अहिलेसम्म विश्वका १६१ देशबाट फ्रेन्चाईजको रुपमा प्रशारण भइसकेका छन् ।

यस कार्यक्रमका लागि अभिनेता हमालले नयाँ लुक्स समेत बनाएका छन् । उनले आफ्नो नयाँ लुक्स सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन्  । हेरस्टाइलका कारणले बेलाबेलामा चर्चा आउँने हमालको यो लुक्स अहिलेसम्मकै फरक छ। जुन उनको नियमित हेयरस्टाइलिस राम ठाकुरले तयार पारेका हुन् । उनले ठाकुरले १५ बर्षदेखि आफ्नो हेयरस्टाइल बनाउँदै आएको कुरा समेत सार्वजनिक गरे । यस शोको लागि राजेशको नयाँ लुक्सका लागि आयोजकले केही नयाँ हेयर स्टाइल समेत सिफारिस गरेका थिए । तर राजेशले यस बिषयलाई त्यति ध्यान नदिएर आफुलाई मनपर्ने पुरानै लुक्स बनाएको बताएका छन् ।

त्यसतै भारतमा ‘हुँ वान्ट्स टु वि अ मिलेनियर’ को हिन्दी संस्करण बलिउडका महानायक अमिताभ बच्चनले ‘कौन बनेगा करोडपति’ सञ्चालन गर्दै आएका छन् ।