आर्टिष्ट खबर/ माघ, काठमाडौं ।

नायक अनमोल केसी नेपालका युवास्टार हुन् । उनले अभिनय गरेका सबैचलचित्र सफल भएका छन् । चकलेटी अनुहार र दशकअघिका सुपरस्टार भूवन केसीका छोरा भएका कारण पनि उनलाई चलचित्रक्षेत्रमा चिनिन सहज भयो । अनमोल पछिल्लो केहिबर्ष यता बर्षमा एक चलचित्र दर्शकलाई दिइरहेका छन् । अनमोलको पछिल्लो चलचित्र ‘कृ’ हो, जसलाई पनि दर्शकले निकै मन पराएका थिए ।

आउँदो फागुन १७ गतेबाट अनमोल अभिनित चलचित्र ‘क्याप्टेन’ प्रदर्शनमा आउँदैछ । बिशेषगरी माया प्रेमका चलचित्रमा सफल देखिएका अनमोल यो चलचित्रमा एक फुटबल खेलाडीको रुपमा देखिएका छन् । शुक्रबार सार्वजनिक चलचित्रको ट्रेलरमा उनी फुटबल खेल्न निकै कस्सिएको देख्न सकिन्छ । लामो समयदेखी फुटबल खेलको प्रशिक्षण लिएर चलचित्रमा अभिनय गरेका अनमोलले आफू चलचित्रका लागी निकै मिहिनतका साथ काम गर्ने र दर्शकलाई मन पराउने चलचित्र दिने बताउँछन् । साथै उनले नेपालमा बन्ने सबै चलचित्र नेपालीलाई मन पर्ने बताउँनुपर्नेमा पनि जोड दिए । ‘हामीले अब बलिउड र हलिउड चलचित्रलाई जित्नुपर्छ, अहिलेपनि नेपालमा बाहिरी चलचित्र बढी हेरिन्छन्, चलचित्र निर्माणमा ध्यान दिनुपर्छ’ अनमोलले ‘क्याप्टेन’को ट्रेलर सार्वजनिक कार्यक्रममा भने ।

‘क्याप्टेन’को बिषयमा बोल्दै अनमोलले फुटबल खेलाडी बन्नका लागी निकै दुख गरेको पनि सुनाए । उनले फुटबलर हरि खड्कासँग प्रशिक्षण लिएका थिए । ‘यदि हरि दाईले मलाई ट्रेनिङ नदिनुभएको भए, म यत्तिको हुनेथिएन, निकै दुखका साथ आफुले राम्रो गर्ने कोसिस गरेको छु, पक्कैपनि दर्शकलाई मनपर्नेछ’ अनमोलले भने । कार्यक्रममा चलचित्रका निर्माता भूवन केसीले ‘क्याप्टेन’ जतिसुकै सुपरहिट भएपनि ‘क्याप्टेन २’ बनाउने आँट गर्न नसक्ने बताए । ‘मैले यो चलचित्र सुपर डुपर हिट भएपनि क्याप्टेन २ बनाउन सक्दिन, किनकी मैले त्यति धेरै दुख यो चलचत्रि बनाउँदा पाएको छु’ भूवनले भने । चलचित्रका निर्देशक दिवाकर भट्टराईले चलचित्रका सबै कलाकार, प्राविधिकहरुको साथले चलचित्र राम्रो बनेको बताए । कार्यक्रममा कलाकार दिपाश्री निरौला, जितु नेपाल लगायतले पनि चलचित्रलाई शुभकामना दिएका थिए । (समाचार हिमालय टाइम्समा प्रकाशित छ)