कपिराइटको बिषयमा हामी नै दोषीः बद्री पंगेनी

आर्टिष्ट खबर/ माघ, काठमाडौं ।

केहि समय अघिदेखी नेपाली लोकगीतको कपिराइटको बिषयमा चर्चा चलिरहँदा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान केन्द्रिय समितिका अध्यक्ष लोकप्रिय गायक बद्री पंगेनीले आफूहरुनै दोषी रहेको बताएका छन् । उनी प्रतिष्ठान लगायत आफूहरुले नै यो बिषयमा शिक्षा दिन नसकेकाले आफूहरुनै दोषी रहेको बताए ।

‘कतिपय कुराहरुलाई नियमले बाध्न सकिदैन, कतिपय संस्कार आँफैपनि सिक्नुपर्छ, अहिले गीत गाउँदा नाम लिएन भन्ने कुरा आइरहेका छन्, प्रतिलिपिका कुराहरु जसले प्रयोग गरेको छ उहाँहरुले पनि जान्नुपर्ने कुरा हो’ बद्रीले सोमबार मलेसियाको एक कार्यक्रमका लागी प्रस्थान गर्नेक्रममा भने । उनले कुनैपनि श्रृष्टाको गीत गाउँदा श्रृष्टालाई सम्मान गर्नुपर्छ भन्ने संस्कार आफूहरुले सिकाउन नसकेको बताए । ‘कुनै पनि श्रृष्टाको गीत प्रयोग गर्दा, सम्बन्धित श्रृष्टाको नाम लिनुपर्छ, उहाँहरुको सम्मान गर्नुपर्छ भनेर हामीले सिकाउन सकेका छैनौं, यसमा प्रतिष्ठान पनि दोषी छ, साथै रोयल्टी समाज, प्रस्तोता समाज सबैलाई दोषी मान्छु’ बद्रीले भने ।

बद्रीले प्रतिलिपी अधिकारको सम्मान गर्नका लागी आफैले पनि सिक्नुपर्ने उनको भनाई छ । ‘अहिले कुनै एकगीत अथवा ब्यक्ति बिशेषको कुरा मात्र होइन, यो प्रवृतिको कुरा हो त्यसैले हामीसबै मिलेर यो समस्याका समाधान गर्नुपर्छ’ उनले थपे । उनले अब छिट्टै नै प्रतिलिपी अधिकार केहो भन्ने बिषयमा नियम ल्याउने र प्रतिष्ठानबाट सबैलाई सिकाउने प्रतिबद्धता गरे ।

केहिदिन अघिदेखी गायक रियालीटी शो नेपाल आईडल सिजन २ का बिजेता रबि ओडले अस्ट्रेलियाको एक कार्यक्रममा लोकप्रिय लोकगीत ‘सालको पात’ गाउने क्रममा शब्द बिगारेर गाएको भन्दै संगीतकार वसन्त थापाले आलोचना गरेका थिए । साथै रबिले आफू सिक्नेक्रममै रहेको र आफूबाट भुल भएको भन्दै माफि समेत मागिसकेका छन् । (समाचार हिमालय टाइम्स राष्ट्रिय दैनिकमा पनि प्रकाशित छ)

video: Click Here