‘यात्रा’ले देशको आन्तरिक पर्यटनलाई प्रवद्धन गर्छ : सलिनमान बनियाँ

आर्टिष्ट खबर/ माघ, काठमाडौं ।

चलचित्र 'यात्रा : अ म्युजिकल भ्लग’ यसवर्षका चैत्र अन्तिममा रिलिज हुदैछ । अभिनेता सलिनमान बनियाँ  मुख्य भूमिकामा रहेको यस चलचित्रमा उनी यात्रीको भूमिकामा छन् । चलचित्रले यात्राको क्रममा आउने आरोह अवरोह बोल्ने छ । चलचित्र ’ए मेरो हजुर २’ मार्फत डेब्यू  गरेका अभिनेता सलिनमान बनियाँले पहिलो चलचित्र बाटनै आफ्नो एक किसिमको फ्यान फ्लोअर्स बनाइसकेका छन् । उनी यस चलचित्र मार्फत पनि निकै आश्वादी रहेको बताउँछन् । उनले आफ्नो भूमिकालाई सक्दो न्याय गरेको बताउँछन्। सलिन भन्छन् ’चलचित्रले नेपालको आन्तरिक पर्यटनलाई प्रवद्धन त गर्छन नै दर्शकलाई पनि लोकेशनले आँखामा शितलता दिन्छ ।’ उनले थपे 'चलचित्रमा मलाइ यात्रीको भूमिकामा दर्शकले देख्न पाउनु हुनेछ । यो चलचित्र मनोरन्जनात्मक त छ नै साथै यसलाई पहाडी तथा हिमाली मनोरम दृश्यमा खिचिएको छ ,जसले पर्यटन प्रवर्द्धनमा पनि टेवा पुर्याउछ । चलचित्रमा एक्सन, रोमान्स, कमेडी सम्पूर्ण मिक्स छ ।'

चलचित्रको टाइटल गीत यात्रालाइ नेपालको पहाडी तथा हिमाली भेगको विभिन्न मनोरम दृश्यमा छायांकन गरिएको छ । अर्को साता रिलिज हुने गीतको केहि तस्वीर निर्माण पक्षले सार्वजनिक गरेको छ । यस गीतमा शब्द र सगीत प्रतिक पौडेलको रहेको छ भने यसलाई धर्मेन्द्र सेवान , मेलिना राई , प्रेक्षा बज्राचार्य र उपकार पाण्डेले स्वर दिएका छन् । चलचित्रलाई सम्राट शाक्यले निर्देशन गरेका छन् । दुई दशक अगाडी सहायक निर्देशक भइ यसक्षेत्रमा भित्रिएका सम्राटले मुख्य सहायक निर्देशक भइकाम गरेको चलचित्रहरु के यो मायाहो , मेरो लभ स्टोरी , कोहि मेरो , नोभेम्बर रेन , होमवर्क, छक्का पञ्जा , ऐश्वर्य , कृ लगायत चर्चामा थिए । ’चलचित्रको कथावस्तु यात्रामा केन्द्रित छ तर यसले पूर्ण रुपमा मनोरंजन दिन्छ’ निर्देशक शाक्य भन्छन् ’फिल्ममा चाहिने सम्पूर्ण तत्व यात्रामा छ ।’चलचित्रमा यात्राको क्रम आउने परिस्थिति , माया र मित्रतालाई देखाइने उनले बताए । यसमा सलिनसँगै, सलोन बस्नेत ,जान्वी बस्नेत ,जय नन्द लामा ,रेअर राई, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल, समृद्धि राई, योगेश जंग कुँवर, इश्वर पौडेल, नानीकाजी डंगोल, राजेश बिसुराल, इश्वर पौडेल, बिशाल पहाडी, प्रजोल भट्टराई , देशभक्तखनाल , कमल मैनाली , सौगात शर्मा लगायतको अभिनय रहनेछ ।

यसैचलचित्र मार्फत मल्लिका महतले डेब्यु गर्दैछिन् भने यसमा विदेशी कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय रहनेछ । चलचित्रमा बालकलाकारको रुपमा पछिल्लो समय युट्युबमा चर्चा रहेका अंकित संग्रौला र एन्जल राई रहेका छन् । कोटकी कालिका देवीफिल्म्स प्राइभेट लिमिटेड , क्रिएटिभ फिल्म प्रोडक्सन र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण हुने चलचित्रमा केशव भट्टराईसँगै चिज कुमार श्रेष्ठ पनि प्रस्तुतकर्ता रहेको फिल्ममा बिक्रम पराजुली , मुक्ति तिम्सिना र राम शरण घिमिरे सह-निर्माता रहेका छन् । फिल्मका निर्माता सुशील पोखरेल हुन् भने यसको कार्यकारी निर्माता सर्जुमान लिगल रहेका छन् । फिल्ममा कथापनि सम्राटकै रहेको छ भने यसलाई उनिसँगै सुरेश न्यौपाने , प्रतिकपौडेल र शिशिर खातीले मिलेर लेखेका हुन् ।

चलचित्रको मुख्य सहायक निर्देशक सुरेशनै रहेका छन् भने यसलाई संजय लामाले खिच्नेछन् । चलचित्रमा कविराज गहतराज र प्रविन सिंहको कोरियोग्राफी , हिमाल केसीको द्वन्द , बनिश शाहको सम्पादन , आशिष पौडेलको कस्ट्युम डिजाइन, जटा शंकर गोसाईको आर्ट डिजाइन , निमा लामाको मेकअप र अरुण रेग्मीको प्रोडक्सन डिजाइन रहनेछ । चलचित्रमा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटाकोसँगै प्रतिक पौडेल र कोविद बज्रको संगीत रहनेछ । चलचित्रमा श्रीधर पौडेलको फोटोग्राफी रहेको छ भने यसको डिजाइनर टौवा क्रिएसनले गरेका हुन् ।