सलमानको ‘दबंग–३’ बाट मलाइका आउट

मुम्बई, एजेन्सी ।

बलिउड अभिनेता सलमान खानले भर्खरै फिल्म ‘दबंग–३’ बाट मलाइका अरोरालाई ‘आउट’ गरिदिएका छन् । उनले फिल्मको पहिलो र दोस्रो सिरिजमा आइटम डान्स गरेकी मलाइकालाई तेस्रो सिरिजबाट भने हटाएका हुन् । मलाइकाले पहिलो सिरिज ‘दबंग’ मा आइटम गीत ‘मुन्नी बदनाम हुई’ मा जबरजस्त आइटम डान्स गरेकी उनले ‘दबंग–३’ मा पनि आइटम डान्स गर्ने चर्चा चलेको थियो । तर, अरबाज खानसँग सम्बन्धविच्छेद भएपछि उनलाई उक्त गीतबाट हटाइयो । यसको पछाडि सलमान खानको हात हुन सक्ने अनुमान गरिएको छ किनकी उनी मलाइका र अर्जुन कपूरको सम्बन्धदेखि पहिल्यैदेखि नै असन्तुष्ट थिए ।

यस सम्बन्धमा मलाइका अरोराले एउटा कार्यक्रममा प्रतिक्रिया दिदैँ उनले भनिन्, ‘मलाई लाग्दैन कि कुनै पनि आइटम नम्बरमा कुनै पनि प्र्रकारको ट्याग र लेबल लगाइएको हुँदैन । मैले धेरैवटा आइटम नम्बरमा काम गरेकी छु । त्यसैले मलाई लाग्दैन कि मलाई लिएर कुनै धारणा बन्छ । मैले सधैँ त्यही काम गरे जो गर्न चाहान्थेँ ।’ उनले अगाडि भनिन्, ‘मैले सधै कथा बुझेर मात्र गीत छानेकी छु । त्यसैले कुनै पनि एउटा आइटम नम्बरले मात्र मलाई पहिचान दिन सक्छ । त्यसैले सबैभन्दा सही प्रोजेक्ट छोड्नुमै थियो । व्यक्तिगत रुपमा भन्नुपर्दा मैले जुुन आइटम नम्बर गरेकी छु, सबै मलाई निकै मन परेको थियो ।’