रोयल्टी संकलन समाजमा महेशको नेतृत्व

आर्टिष्ट खबर/ माघ, काठमाडौं ।

गीतकार तथा संगीतकारहरुको छाता संगठन संगीत रोयल्टी संकलन समाज नेपालको ११ औं महाधिवेशनबाट महेश खड्का अध्यक्ष पदमा निर्वाचित भएका छन् । माघ २५ शनिबार सुरेश अधिकारीको अध्यक्षतामा सम्पन्न साधारण सभामा अर्का प्रत्यायी बि. पाण्डेय  लाई ६८ मतको भारी अन्तरले हराउँदै महेश बिजयी भएका हुन् । प्रत्यायी बि. पाण्डेयले जम्मा ४४ मत ल्याउँदा महेशले ११२ मत पाएका थिए ।

यस्तै सदस्य पदमा श्रीकृष्ण बम मल्ल, पिएन सापकोटा, शशी शर्मा मजगैया, सुमन बैरागी, चन्द्र शर्मा, शिरीष देबकोटा, बिपीन किरण, सुवास रेग्मी, बिक्रम राई, अमृत खाती निर्वाचित भएका छन् ।

अध्यक्षमा बिजयी भएका महेशले रोयल्टी संकलन र वितरणलाई प्रभावकारी बनाउँदै लैजाने बताएका छन् । ‘रोयल्टी संकलनका सम्भावित नयाँ क्षेत्रलाई पहिचान गर्दै रोयल्टी संकलनको दायरा फराकिलो बनाउनेछौं, पुरानो कार्यसमतिले अगाडी बढाएका कामसँगै थप प्रभावकारी बनाउनु हाम्रो दायित्व हो’ उनले बताए । उनले यातायातबाट उठेको रोयल्टीलाई कसरी वैज्ञानिक मापदण्ड बनाएर वितरण गर्ने भन्नेबारे नयाँ कार्यसमितिको काँधमा आएको बताए । ०७४ साल चैत २१ गतेबाट रोयल्टी संकलन समाजले सार्वजनिक सवारी साधानबाट रोयल्टी संलकन गर्दै आएको छ । १० महिनामा समाजले पौने २ करोड रुपैयाँ संकलन गरेको छ ।

रेडियो, टेलिभिजन, युट्युब भिवर्स, सीआरबीटी, पीआरवीटी, पार्टी प्यालेस, डान्सबार लगायतबाट आएको तथ्यांकका आधारमा औषतमा कसको गीत कति बज्यो निर्धारण गर्ने तयारीमा समाज रहेको बताएका छन् । गीतसंगीत बजाएबापत ठूला बसले वार्षिक दुई हजार, मिनिबसले १ हजार चार सय, माइक्रोबस, ट्याक्सी र जिपले एक हजार, पिकअप भ्यानले ९ सय र टेम्पोले ८ सय रुपैयाँ रोयल्टी तिर्दै आएका छन् ।