बलिउडका चर्चित र्‍यापर बादशाह चलचित्रमा डेब्यू गर्दै

मुम्बई , एजेन्सी ।

सन् २००६ मा र्‍याप तथा गायकी करियरको सुरुवात गरेका बलिउडका चर्चित र्‍यापर बादशाह अब चलचित्रमा डेब्यू गर्ने तयारीमा छन् । हाल नाम सार्वजनिक नगरिएको यस चलचित्रमा बादशाहको अपोजिटमा अभिनेत्री सोनाक्षीको भूमिका रहने भारतीय संचारकर्मीले बताएका छन् । यी दुइका अलवा चलचित्रमा वरुण शर्मा र अन्नु कपूरको पनि भूमिका रहने छ । समाचारका अनुसार फेब्रुअरी ११ देखि चलचित्रको छायांकन सुरु हुनेछ । भूषण कुमार, महावीर जैन, मृगदीप सिंह लाम्बाले संयुक्त निर्माण गरिरहेको चलचित्रको निर्देशन शिल्पी दास गुप्ताले गर्नेछन् ।

सन् २००६ मा बादशाहले आफ्नो करियरको सुरुवात बलिउडका अर्का र्‍यापर तथा गायक हनी सिंहका साथ गरेका थिए । उनीहरुले 'गेट अप जवानी', 'फिर से पार्टी' जस्ता हिट गीत एकसाथ गाएका छन् । गीतको भिडियोमा दुवैजना फिर्चड छन् । अडियन्सले हनी सिंह र बादशाहको जोडीलाई सर्वाधिक रुचाएका थिए । तर उनी सन् २०१२ मा हनी सिंहसँग छुट्टिएर बादशाहले हरियाना भाषाको गीत ‘कर गई चुल’ गाएर चर्चित भए । पछिल्लो समय उक्त गीतलाई पछि सन् २०१६ मा प्रर्दशनमा आएको चलचित्र ‘कपूर एण्ड सन्स’समावेश गरिएको थियो । बलिउडमा बादशाहको 'डिजे वाले बावु', 'कर गाई चुल', 'ह्याप्पि ह्याप्पि' जस्ता गाना हिट छन् ।  बादशाह गायक भन्दा पनि र्‍यापर भनेर चिनिन्छन् ।

भारतीय ट्रेड एनालिष्ट तरण आदर्शले उनको ट्वीटरमार्फत चलचित्रको बारेमा जानकारी दिएका हुन्।