युटुवबाट हट्यो पशुपति शर्माको भाइरल गीत, हटेपछि झनै भाईरल

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

हाल चर्चित लोक तथा दोहोरी गायक पशुपति शर्माको देशमा भईरहेको मनपरीतन्त्रप्रति व्यङ्ग्यात्मक ‘लुट्न सके लुट नेपालमै हो छुट’ भाईरल गीतमा दर्शक श्रोताले सहभागीता जनाएका छन् भने गीतले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा खैलाबैला मच्चिएको छ । निवासमा खैलाबैला मच्चिएपछी उक्त गीत गायक शर्माले युटुवबाट हटाएका छन् । तर गायक शर्माले फेरी पनि उक्त गीत युटुवमा ल्याउने बताएका छन् । उनले सामाजिक संजालबाट उक्त गीत फेरी युटुवमा परिमार्जन सहित ल्याउने जानकारी दिएका छन् ।

शर्माले ‘लुट्न सके लुट नेपालमै हो छुट’ गीतमा दर्शकले देखाएको सहभागीतालाई हार्दिक आभार ब्यक्त गरेका छन् । शर्माले आफ्नो गीतलाई सुझाव दिनुहुने राजनैतिक ब्यक्तित्वहरुप्रति धन्यवाद ब्यक्त गर्दै र अग्रज एवं समकालीन साथीहरुलाई पनि धन्यवाद दिदै कुनै शब्दले कुनै संस्था विशेष या कुनै दल अथवा समुदाय विशेषलाई अफ्ट्यारो पारेको खण्डमा अन्तर हृदयदेखीनै माफी माग्न चाहान्छु, भनेका छन् । उनले सामजिक संजालमा लेखेका छन् 'मेरो नियत कसैको चित्त दुखाउने नभई केवल विसंगती माथी प्रहार गर्नु र विकृतीको उजागर गर्नु मात्र थियो यसमा म पुन: प्रष्ट पार्न चाहन्छु । अहिले डिजीटल प्लेटफर्म युट्युबमा रहेको गीतलाई परिमार्जन सहीत पुनस् लिएर आउने बाचा गर्दै अहिले बजिरहेको गीत युट्युबबाट मैले हटाउने निर्णय गरेको छु ।'

उनले आफूले राजनिती त्यती गहिराईबाट नबुझेको तर शुशासन कायम हुनुपर्छ र देशमा विसंगती ब्याप्त हुनुहुदैन भन्ने कुरामा सचेत रहेको भन्दै आफ्नो गीतले बिसंगतीलाई ब्यंग्य गरोस भन्ने एकमात्र ध्यय लिएर उक्त गीत तयार पारेको बताएका छन् । 'मैले कुनै राजनैतीक आग्रह या पुर्वाग्रह पालेर त्यो गीत बनाएको पनि हैन र कुनै राजनैतिक दल या संस्था संग मेरो कुनैकिसीमको पुर्वाग्रह पनि छैन । तर गीतमा समावेश केही शब्दहरुमा मेरा केही शुभचिन्तकहरुको असंतुष्टी रहन गएकोले जुन जुन शब्दमा असंतुष्टी देखीयो म ति शब्दहरु लाई परिमार्जन गर्न गईरहेको छु । केही समय लाग्ला जुन शब्दमा असंतुष्टी देखीयो ति शब्दहरुलाई फेर्नु मेरो पनि दायित्व हो भन्ने संझीएको छु ।' उनले भने

आफू यही देशको एक सचेत नागरीक भएको हैसियतले साथै कलाकार भएको नाताले देशमा बिद्यमान भ्रष्टाचार, घुसखोरी र जिम्मेवारहरुको अकर्मण्यता बिरुद्द आवाज उठाउन पाउने आफ्नो नैसर्गीक अधिकार हो, भन्ने कुरामा आफू दृढ रहेको समेत बताएका छन् ।  गीत युटुवबाट हटेपछि हाल झन यस गीत सामाजीक संजालमा झनै भाइरल भईरहेको छ । गीतको शब्द चित्त बुझाएका दर्शक श्रोताले उक्तगीतलाई सामाजिक संजालमा खोजि खोजी फेसबुक म्यासेन्जर तथा फेसबुक वालबाटै सेयर गर्दै भाइरल बनाएका छन् ।