भुषण कुमारको फिल्ममा कार्तिक र दिशा

मुम्बई (एजेन्सी) ।

बलिउडका निर्माता भुषण कुमार र निर्देशक अनिश बज्मीले एक् साथ चलचित्र निर्माण गर्ने भएका छन् । सन् २०१९ को मध्यतीर छायांकनमा जाने यो चलचित्रम अभिनेता कार्तिक आर्यन र अभिनेत्री दिशा पटानी एक साथ पर्दामा देखिने भएका छन् । निर्माता भुषण कुमारले नै चलचित्रमा यी दुईको जोडी प्रस्तुत गर्न लागेको बताएका हुन् । भुषणले भारतीय मिडियासँग भनेका छन्–‘कार्तिकको कामबाट म निकै प्रभावित छु । त्यस्तै, दिशासँग त ‘भारत’मा सँगै काम गरियो । दुबै राम्रो कलाकार भएकाले पनि उनीहरुको जोडीलाई पर्दामा देखाउने कोसिस गरेका हौँ ।’

त्यस्तै दिशाले पनि निर्देशक अनिशसँग काम गर्न लागेको कुराले निकै हर्षित बनाएको बताएकी छिन् । उनले भनेकी छिन्–‘राम्रो निर्देशकसँग राम्रो चलचित्रमा काम गर्ने मौका पाएको छु । त्यसैले चलचित्रका लागि निकै उत्साहित छु ।’नाम नतोकिएको यस चलचित्रलाई मुम्बई र विदेशी भूमिमा खिचिनेछ ।