रहेनन् वरिष्ठ साहित्यकार रेग्मी

आर्टिष्ट खबर/ फगुन, काठमाडौं ।

नेपाली साहित्यमा अनुसन्धान र अन्वेषण गर्दै आएकासमीक्षक तथा गम्भीर समालोचक शिव रेग्मीको निधन भएको छ । ७८ बर्षिय रेग्मीको  बुधवार दिउँसो निधन भएको पारिवारीक स्रोतले जनाएको छ। रेग्मीसँग साहित्यिक पत्रपत्रिकाहरुको विशिष्ट संकलन रहेको थियो । कसैलाई कुनै साहित्यिक जानकारी चाहिए उनले तत्सम्बन्धी जानकारी उपलब्ध गराउँदै आएका थिए । साहित्यिक अन्वेशक रेग्मीलाई उनले गरेको साहित्य सेवाका लागि २०७० सालमा मदन पुरस्कार गुठीले ‘जगदम्बा श्री पुरस्कार’ प्रदान गरेको थियो ।

साहित्यकार तथा पत्रकार तुलसीहरि कोइरालाले रेग्मीलाई श्रद्धाञ्जली दिँदै फेसबुकमा लेखेका छन्, ‘कुनै पत्रिकाको बारेमा विवाद भयो, कसैको जन्ममिति यकिन भएन, साहित्यकारका आनीबानी कस्ता थिए, साहित्यकारको पहिलो रचना कुन पत्रिकामा कहिले छापिएको थियो, लगायतका कुरा झर्को नमानी अब कसले बताइदिन्छ ? अब कसले पत्रपत्रिकाका विभिन्न अंक खाँचो पर्दा फोटोकपी गरीगरी आवश्यकता अनुसार दिन्छ ? साहित्यिक अन्वेषक शिव रेग्मी त हुनुभएन अब । उहाँका ऐतिहासिक संग्र्रहसहितको पुस्तकालयको अवस्था के हुन्छ ?!’