‘मारुनी’को ‘जाम्न माया जाम’मा दिपक बज्रचार्यको गीत

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

गायक दिपक बज्रचार्यले पहिलो पटक नेपाली चलचित्रमा गीत दिएका छन् । पछिल्लो समय ‘मन मगन’ बोलको गीतका कारण चर्चामा रहेका उनको संगीत र स्वरमा समावेश चलचित्र ‘मारुनी’को ‘जाम्न माया जाम’ बोलको गीतको रेकडिङ काठमाण्डौको कृपा डिजिटल स्टूडियोमा गरिएको हो ।

उनले सामान्य शब्दमा गीत तयार गर्दा दर्शकको मुखमा झुन्डिन्छ भन्ने आफूले वुझेको बताए । यो गीतमा रिक्की शाक्यको शब्द, फिरोज बज्रचार्यको मिक्सिङ र मोहित मुनालको एरेन्जमेन्ट रहेको छ । गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार पुष्पल खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहलाई फिचरिङ गरिने निर्मात्री गौतमले बताइन्।

चलचित्रमा ३ वटा गीत समावेश छन् । जसमा ‘जाम्न माया जाम’ बोलको केही फरक गीत दिपक बज्रचार्यले तयार पारेका हुन् । दिपकले भने–‘मैले धेरै पहिले चलचित्रको गीतमा आवाज भरेको थिएँ । तर, चलचित्रमा काम गर्न  पर्याप्त समय नपाइने, निर्माताले भने अनुसार गीत बनाउनुपर्ने भएपछि मैले यततार्फ रुची देखाइनँ ।’उनले, यसपटक निर्मात्री पूनम गौतमले आफूले भने अनुसार नै काम गर्ने वातावरण बनाएको कारण चलचित्रमा संगीत र स्वर दिएको स्पष्ट पारे ।

यस्तै, निर्मात्री पूनम गौतमले भनिन्–‘मैले दिपक बज्रचार्यजीले भनेकै जती समय दिएको थिएँ । उहाँले ६ महिना माग्नुभयो, मैले ६ महिनामा भनेजस्तो गीत चाहिन्छ भनेपछि उहाँ काम गर्न तयार हुनुभएको हो । अहिले फाइनल गीत सुन्दा खुशी लागेको छ ।’ फागूणको १८ गतेबाट छायांकन सुरु गर्न लागिएको चलचित्रलाई आउँदो बर्षको भदौ १३ गते प्रर्दशनमा आउने पक्का गरिएको छ । पूनम इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो चलचित्रलाई नवल नेपालले निर्देशन गर्न लागेका हुन् ।