छोरीको जन्मदिनमा धुर्मुस सुन्तलीले गरे रङ्गशाला निर्माणमा १ लाख सहयोग

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ फागुन, काठमाडौं । </b></pre><p style="text-align: justify; ">चितवनको भरतपुरमा बन्दै गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागी सिताराम कट्टेल (धुर्मुस्) र कुञ्जना घिमिरे (सुन्तली)ले एक लाख ११ हजार १११ रुपैयाँ सहयोगको घोषणा गरेका छन् । छोरी सुबिहानीको जन्मदिनको अवसरमा आफैले बनाउन लागेको रंगशालाका लागि सहयोग गर्ने घोषणा गरेका हुन् ।&nbsp; आज बिहीबार छोरीको पाँचौं जन्मदिनको अवसरमा धुर्मुस्ले फेसबुक मार्फत यस्तो घोषणा गरेका हुन् ।&nbsp;</p><p style="text-align: justify; ">&nbsp;‘हाम्री प्यारी छोरी सुबिहानीको जन्मदिनको अवसरमा हामी निर्माणाधीन रङ्गशालाका लागि सहयोग गर्न चाहान्छौं,’ उनले लेखेका छन्, ‘हाम्रा हरेक बिशेष अवसरलाई यसरीनै समाजसेवा र राष्ट्र निर्माणमा लगाउने हो भने यो देश हाम्रै पालामा बन्ने छ ।’, धुर्मुस्ले लेखेका छन् । अहिले रङ्गशालाको डीपीआर र डिजाइनको काम भइरहेको छ ।&nbsp;&nbsp;</p><p style="text-align: justify; "><br></p><iframe src="https://www.facebook.com/plugins/post.php?href=https%3A%2F%2Fwww.facebook.com%2Fsitaramkattelofficial%2Fposts%2F2575602675787849&amp;width=500" width="500" height="612" style="border:none;overflow:hidden" scrolling="no" frameborder="0" allowtransparency="true" allow="encrypted-media"></iframe>