साधना कला केन्द्रले राजेश हमाललाई ‘ट्रिब्युट’ गर्ने

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

महानायक राजेश हमाललाई साधना कला केन्द्रले ‘ट्रिब्युट’ गर्ने जानकारी गराइएको छ । शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै ‘ट्रिब्युट टु मेगास्टार राजेश हमाल’ गर्न लागिएको जानकारी गराइयो । घोषणा कार्यक्रममा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा, गायक राजेश पायल राई, यम बराल, नवगायक रवी ओड लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा अभिनेता हमालको हिट डायलग र गीतको केहि क्लिप्सलाई देखाइएको थियो । साधन कला केन्द्रका अध्यक्ष मिलन मोक्तानले नेपालमा अग्रजलाई सम्मान गर्ने परम्पराको थालनी होस् भनेर जमर्को गरेको बताए ।

आउँदो वर्ष २०७६ को जेठ महिनामा कार्यक्रमको आयोजना हुने बताइएता पनि डेट भने फिक्स नभईसकेको जनाइयो । अभिनेता हमालको फिल्मी यात्रामा धेरै नै व्यक्तित्व जोडिएको हुनाले उहाहरुसँगको छलफलपछी एउटा डेट फाइनल गरिने अध्यक्ष मोक्तानले बताए । अन्य देशमा गरिने सम्मान देखेर आफ्नो देशका अग्रज कलाकारलाई ट्रिब्युट गर्ने आइडिया फुरेको आयोजक संस्थाका अध्यक्षले बताएका छन् ।

अभिनेता राजेश हमालले एउटा राम्रो कार्यको थालनी आफुबाट हुन्छ भने किन नगर्ने भनेर अनुमति दिएको बताए । ‘म धन्यवाद पनि दिन चाहन्छु कि पहिलो रोजाईमा म परे । यसले एउटा परम्पराको थालनी गरेको छ । यसपछिका दिनमा पनि यसै गरि सर्जकलाई सम्मान गर्न सक्नु होस् भन्ने शुभकामना छ । म खुसि छु । फिल्मी यात्राले दिलाउने सम्मान र दर्शकको माया नै हाम्रो उर्जा हो ।’ राजेशले भने ।

कार्यक्रममा उपस्थित शम्भुजित बास्कोटा, राजेश पायल राई, यम बराल र रवी ओडले पनि यस कार्यको तारिफ गर्दै सफलताको शुभकामन दिए । कार्यक्रमलाई साधना कला केन्द्र र लाइभ नेपालले संयुक्त रुपमा गर्नेछन् । कार्यक्रममा राजेशका हिट गीतहरुका गायक, उनको को–स्टारलाई ट्रिब्युटमा उपस्थित गराउने तयारी भइरहेको आयोजक संस्थाका सदस्य दसरथले बताए । कार्यक्रममा संगीतकार शम्भुजीत बास्कोटा र रबि ओडको जन्मदिन परेको उपलक्ष्यमा सेलिब्रेशन पनि गरिएको थियो ।