तमु भाषाको चलचित्र प्रदर्शन हुने

...

<pre style="line-height: 1.42857; text-align: justify;"><span style="font-weight: 700;">आर्टिष्ट खबर/ चैत, काठमाडौं । </span></pre><div>तमु भाषाको चलचित्र म्ले क्यु (बिर्साउने पानी) नयाँ वर्ष २०७६ साल वैशाख ७ गते पोखरामा प्रर्दशन गरिने भएको छ। स्टार्स स्टुडियो प्रा.लि.को पर्दामा निर्मित जसु गुरुङद्वारा निर्देशित चलचित्रमा तमु जातिको मृत संस्कारका विभिन्न पक्षलाई देखाउन खोजिएको छ । रोशन गुरुङको कथा एवं माओत्से गुरुङको पटकथा र मुख्य अभिनय रहेको चलचित्रमा रिया गुरुङ, डिबी गुरुङ, रोनित गुरुङ, कृष्टि गुरुङ, कमल गुरुङ लगायतका कलाकारको अभिनय रहेको निर्देशक गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार वैशाख ७ गते पोखरास्थित विन्दवासिनी चलचित्र मन्दिरमा १२।०० बजे र ३।०० बजे गरी दुई सो प्रदर्शन गरिने छ । यसअघि चलचित्रको पहिलो प्रिमियर सो प्रवासी भूमि हङकङमा गत मार्च ३ तारिखमा सम्पन्न भइसकेको छ । (रासस)<br></div>