होली मिलन समारोह सम्पन्न

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

महिला सञ्चारकर्मीहरुको सक्रियतामा सञ्चालित मध्य नेपाल मिडिया प्रालिले होली मिलन समारोह सम्पन्न गरेको छ । पानीटंकी ८ स्थित मध्य नेपाल मिडिया कार्यालयको प्राङ्गणमा आयोजना गरेको होली मिलिन समारोहमा तराईमा सद्भावको प्रतीकका रूपमा मनाइने होली पर्वको रौनक विस्तारै हराउन थालेकोमा उपस्थितहरुले चिन्ता व्यक्त गरेका थिए । वसन्त ऋतुको आगमनसँगै श्रीपञ्चमीदेखि फागु पूर्णिमासम्म तराईको गाऊँघर, टोल छिमेकमा गाइने मधुर्यता र प्रेमभावपुर्ण होरी गित गाऊँने चलन हराउन थालेकाले यसको जगेर्ना गर्न स्थानीय निकाय लाग्नुपर्नेमा जोड दिएको थियो । ‘जोगिरा सर.र.र… कौन तालपर ढोलक बाजे, कौन ताल मृदंग….कौन तालपर गारिया नाचे, कौन तालपर हम’ जस्ता गीत आधुनिकताले समाप्त पारिसकेकाले यसको जगेर्ना गर्न आजको आवश्यक्ता रहेको सहभागिहरुले बताएका थिए ।

कार्यक्रममा प्रदेश सभा सदस्य प्रहलाद गिरी, करीमा बेगम,  नेपाल पत्रकार महासंघका प्रदेश नं. २ का उपाध्यक्ष केसी लामिछाने, उधोग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष सुबोध गुप्ता, प्रध्यापक दिपक शाक्य, नन्दन यादव, भिजिट मधेशका संयोजक ओमप्रकाश सरार्फ, युवा नेता प्रभाकर गुप्ता, तबरेज अहमद, हाम्रो अभियान पर्साका संयोजक शिवनाथ यादव, ब्यूटिशियन सुमित्रा सापकोटा, मनोजा चौधरी, शिक्षक दिगम्बर थापा, डा. वैज्ञानीक गणेश अग्रवाल, स्थानीय सञ्चारकर्मी महेशचन्द्र गौतम, रितेश क्रिपाठी, विजय भण्डारी, राम सरार्फ, लक्ष्मी खरेल, निलिमा पौडेल, माधुरी महतो, शेखर छतकुली, सानो पाईलाका जय साह लगायतको उपस्थिति रहेको थियो ।