निर्माता सुबासको जन्मदिनमा स्वास्थ्य केन्द्रलाई एम्बुलेन्स उपहार

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

चलचित्र निर्माता सुबास गिरीले आफ्नो जन्मदिनमा स्वास्थ्य केन्द्रलाई एम्बुलेन्स उपहार दिएका छन्  । ‘नोभेम्बर रेन’, ‘क्लासिक’, ‘पर्व’ र ‘कृ’ चलचित्र निर्माता गरिसकेका सुबासले आइतबार आफ्नो जन्मदिनको अवसरमा आफ्नो जन्मथलो सिन्धुली जिल्लाको दुधौली नगरपालिका वडा नम्बर ५ स्थित सिर्थौली प्राथामिक स्वास्थ्य केन्द्रलाई एम्बुलेन्स हस्तान्तरण गरेका हुन् । एम्बुलेन्सको मुल्य १० लाख बराबरको रहेको बताइएको छ । जन्मदिनको अवसरमा ‘सुवास फाउन्डेसन’ को शुभारम्भ गरेको पनि सुबासले घोेषणा गरेका छन् । उनले फेसबुकमा स्टाटस लेख्दै आफूले कमाएको १० प्रतिशत अब फाउन्डेसनमा जम्मा गर्ने र आफ्नो जन्मथलोका जनताको शिक्षा, स्वास्थ्य र खेलकुद क्षेत्रको विकासमा सहयोग गर्ने जानकारी दिए ।

केही दिन अगाडि मात्र उनले आफू अध्यक्ष रहेको संस्था सुवास ह्युमन रिसोर्सेजको पहलमा मलेसियामा मृत्यु भएका एक नेपालीको परिवारलाई ६ लाखभन्दा बढी रकम सहयोग गरेका थिए । चलचित्र निर्माणसँगै सामाजिक कार्यमा पनि सक्रिय उनले फिल्म कृ’ पछि भने कुनै फिल्म निर्माण गरेका छैनन् ।