सफल बन्यो अमिताभको ‘बद्ला’

...

<pre><b>मुम्बई (एजेन्सी) ।</b> </pre><p>बलिउड चलचित्र ‘बद्ला’ सफल चलचित्रमा गनिएको छ । अभिनेता अमिताभ बच्चन र तापसी पन्नु अभिनित यो चलचित्र बक्स अफिसमा राम्रो कमाई गरेको लिस्टमा राखिएको छ । प्रदर्शनमा आएको दशौं दिनमा चलचित्रले भारतमा ५७. ७० करोडको कलेक्सन गरेको हो । लगानी उठाएर पनि फिल्मले १५० प्रतिशत नाफा गरेको कोइमोइमा उल्लेख छ । २०१९ को हिट चलचित्रहरुको सुचीमा ‘बद्ला’ पनि पर्न सफल भयो । ‘उरी' द सर्जिकल स्ट्राइक’, ‘गल्ली बोई’ र ‘लुक्का छुप्पी’ २०१९ को हिट चलचित्र हुन् ।&nbsp;<br></p><div><br></div>