प्रधानमन्त्रीलाई मनपर्यो ‘क्याप्टेन’

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

गएको फागुन १७ गतेबाट प्रदर्शनमा आएको नेपाली चलचित्र ‘क्याप्टेन’ प्रधानमन्त्री केपी शर्मा ओलीले हेरेका छन् । बुधबार साँझ सिटी सेन्टरमा रहेको बिग सिनेमा हलमा वलीले चलचित्र टिमसँगै पुरा चलचित्र हेरेका हुन् ।

होलीको अवसर पारेर चलचित्र हेरेका वलीले आफूलाई चलचित्रले मन छोएको बताए । प्रधानमन्त्री वलीले चलचित्र हेरिसकेपछि सञ्चारकर्मिहरुसँग कुरागर्दै भने ‘चलचित्र एकदम राम्रो छ, इशान खड्का इज बेष्ट प्लेअर ।’ साथै वलीले चलचित्रमा मुख्य कलाकार अनमोल केसीको काम कस्तो लाग्यो भन्ने प्रश्नमा हाँसो गर्दै दोहो¥याउँछन् ‘अनमोल केसी चिन्दिन इशान खड्का इज बेष्ट प्लेअर ।’ क्याप्टेनमा अनमोल इशान खड्काको भूमिका रहेका छन्  ।

राष्ट्रिय चलचित्र नीति किन पारित हुन सकेन भन्ने प्रश्नमा आफूसँग अहिले यो बिषयमा कुरा गर्ने समय नभएको भन्दै प्रधानमन्त्री पन्छिएका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले चलचित्र हेर्नका लागि समय छुट्याएपछि नायक अनमोल केसी पनि खुशी देखिए । उनले भने–‘प्रधानमन्त्री जस्तो व्यक्ति म जस्तो भर्खरै यो क्षेत्रमा आउँदै गरेको कलाकारको चलचित्र हेर्न आइदिनुभयो, म एकदमै भाग्यमानी संझन्छु ।’ यस्तै निर्माता भूवन केसीले पनि आफ्नो निमन्त्रणालाई स्विकारेर चलचित्र हेर्न आएको भन्दै खुसी ब्यक्त गरे ।

दिवाकर भट्टराई निर्देशीत क्याप्टेनमा अनमोलसँगै उपासना सिंह ठकुरी र प्रियंका एमभीको मुख्य भूमिका रहेको छ । सामिप्यराज तिमल्सिनाको पटकथा रहेको यस चलचित्रमा सुनिल थापा, प्रशान्त ताम्राकार, सरोज खनाल, विल्सन विक्रम राई, राजाराम पौडेललगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।