प्रेमलीला हेरेका सबैले उत्कृष्ट भन्नुभएको छः निर्मात्री दीपसिखा

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

गएको शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘प्रेमलीला’की निर्मात्री तथा कलाकार दीपसिखा खड्काले चलचित्र हेरेका दर्शकबाट राम्रो प्रतिक्रिया मिलेको बताएकी छिन् । पहिलो दिन शुक्रबारको केहि शो हाउसफूलका साथ ब्यापार गरेको यो चलचित्र आज शनिबार दर्शककासँगै मध्यम मान्न सकिन्छ ।

शुक्रबार साँझ राजधानीको सिभिल मलमा रहेको सिनेमा हलमा दर्शकसँग सँगै बसेर चलचित्र हेरेकी निर्मात्री दीपसिखाले चलचित्रको समयसम्म दर्शकले पुर्णमनोरञ्जन लिएको बताइन् । ‘चलचित्र हेरुन्जेल दर्शकले पुर्णरुपमा मनोरञ्जन लिनुभएको छ, सबैले उत्कृष्ट भन्ने प्रतिक्रिया दिनुभएको छ खुसी छु’ दीपसिखाले आर्टिष्ट खबरसँग कुरागर्दे भनिन् । साथै पछिल्लो समय चलचित्रहरुले लगानी उठाउनै मुस्किल भइरहेको बेला तपाईको चलचित्रको स्थिती के छ भन्ने आर्टिष्ट खबरको प्रश्नमा उनी भन्छिन् ‘अहिले चलचित्रक्षेत्रमा खडेरी लागेको समय छ, त्यसैले बम्पर गर्छ भन्न सक्दिन, आजसम्म दर्शकको संख्या राम्रै छ, आशा छ बिदा बाहेकका दिनहरुमा पनि पनि दर्शकको संख्या बढ्नेछ । लगानी सुरक्षित हुने कुरा दर्शकको हातमा छ ।’

यस्तै चलचित्रमा नायक बलिउड मोडल अली खानले पनि चलचित्रको कथालाई दर्शकले मन पराएकोमा खुसी ब्यक्त गरे । चलचित्रको कथाले दर्शक बाध्न सक्ने उनको भनाई थियो । चलचित्रमा सुरज तमु र रेखा शाह को पनि मुख्य भूमिका रहेको छ ।

जनक पाण्डेले निर्देशन गरेको यस चलचित्रमा नायिका दीपशिखाले कपाल मुण्डन गरेकी छिन् । चलचित्रमा पवन गौतमको छायांकन ,  संगीतकारहरु महेश खड्का,नबिन कार्की र रबिराज शाहको संगीतमा गायक राजेश पायल राइ , शोभा पाण्डे र भारतीय गायक राजा हसन को स्वर रहेको छ ।

video Report : Click Here