सलिनमानको ‘यात्रा’ कलेजका बिद्यार्थीसँग

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

राइजिङ स्टार सलिन मान बनियाँ आफ्नो दोस्रो फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को प्रमोसनको क्रममा हातिवनमा रहेको लिटल एन्जल्स कलेजमा पुगेका छन् । एलए कै तेस्रो वर्षमा अध्यनरत विधार्थीको आयोजना रहेको’एलए कल्चर फेस्ट २०१९’ को समापन समारोहमा सलिन आफ्नो यात्रा टिम सहित पुगेका थिए । सलिनसँगै डेब्यु गर्ल मलिका महत , सलोन बस्नेत , जान्हवी बस्नेत , प्रेक्षा बज्राचार्य , रेअर राई , विशाल कटवाल लगायतले उक्त फेस्टका विनरलाई प्राइज वितरण गर्दै फिल्मको बारेमा जानकारी समेत गराउदै चट्ट रुमालमा डान्स समेत गरे ।

सलिन कलेजमा प्रवेश भएसँगै उनिसँग सेल्फी खिच्न स्टुडेन्टको लाइन झैँ लागेको थियो । फिल्म तथा सामाजिक सञ्जाल मार्फत सलिनको फलोअर्स बनेका विधार्थीले उनको फिल्मको बारेमा जानकारी लिदै शुभकामना समेत दिए । सलिनले नेपाली फिल्मलाई माया गर्न आग्रह गर्दै युवा पुस्ताले फिल्म हेरेर प्रतिक्रिया दिन आग्रह गरे । उनले फिल्म क्षेत्रलाई अगाडी बढ्न युवापुस्ताको साथ चाहिने समेत बताए । उनिसँगै सलोनले गीत गाउँदै आफ्नो फिल्म यात्राको डायलग समेत सुनाएका थिए । यात्रामै आधारित विषयवस्तुमा आधारित फिल्ममा सलिन भ्ल्गिस्टको भूमिकाछन् । सम्राट शाक्यको डेब्यु निर्देशन रहेको फिल्ममा सलिनसँगै , सलोन बस्नेत , जान्वी बस्नेत , जय नन्द लामा , रेअर राई , प्रेक्षा बज्राचार्य , धिरेन शाक्य , राजाराम पौडेल , विशाल कटवाल , समृद्धि राई , योगेश जंग कुँवर , इश्वर पौडेल , नानीकाजी डंगोल , राजेश बिसुराल , इश्वर पौडेल , देशभक्त खनाल , कमल मैनाली , सौगात शर्मा लगायतको अभिनय रहनेछ । यसैफिल्म मार्फत मल्लिका महतले डेब्यु  भने यसमा विदेशी कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय रहनेछ । फिल्ममा बालकलाकारको रुपमा पछिल्लो समय युट्युबमा चर्चा रहेका अंकित संग्रौला र एन्जल राई रहेका छन् ।

कोटकी कालिका देवीफिल्म्स प्राइभेट लिमिटेड , क्रिएटिभ फिल्म प्रोडक्सन र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण हुने फिल्ममा केशव भट्टराईसँगै चिज कुमार श्रेष्ठ पनि प्रस्तुतकर्ता रहेको फिल्ममा बिक्रम पराजुली , मुक्ति तिम्सिना र राम शरण घिमिरे सह( निर्माता रहेका छन् । फिल्मका निर्माता सुशील पोखरेल हुन् भने यसको कार्यकारी निर्माता सर्जुमान लिगल रहेका छन् । फिल्ममा कथापनि सम्राटकै रहेको छ भने यसलाई उनिसँगै सुरेश न्यौपाने , प्रतिक पौडेल र शिशिर खातीले मिलेर लेखेका हुन् । फिल्मको मुख्य सहायक निर्देशक सुरेशनै रहेका छन् भने यसलाई संजय लामाले खिचेका हुन् । फिल्ममा प्रविन सिंहको कोरियोग्राफी , हिमाल केसीको द्वन्द , बनिश शाहको सम्पादन , आशिष पौडेलको कस्ट्युम डिजाइन , जटा शंकर गोसाईको आर्ट डिजाइन , निमा लामाको मेकअप र अरुण रेग्मीको प्रोडक्सन डिजाइन रहेकोछ । फिल्ममा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटाकोसँगै प्रतिक पौडेल र कोविद बज्रको संगीत रहेकोछ । फिल्ममा श्रीधर पौडेलको फोटोग्राफी रहेको छ भने यसमा पब्लिसिटी डिजाइनरको भूमिका टौवा क्रिएसनले निर्वाह गरेका छन् ।

सलिन : पछिल्लो समय जसरि नेपाली फिल्मले मेकिङमा राम्रो गरिरहेको छ त्यसरी नै हामीले पनि फिल्म हेरेर राम्रो मेकर्सलाई सपोर्ट गर्नुका साथै सल्लाह पनि दिनु पर्छ । हरेक विकासमा युवाको उतिकै महत्व हुन्छ त्यसैले हामीले पनि हाम्रोसँगै राम्रो नेपाली फिल्मलाई हेरेर प्रतिक्रिया दिनु पर्छ । नेपाली फिल्म हेर्ने बानी बसालौ , राम्रो लागे प्रचार गरौ केहि खड्किए सुझाव दिउ । हातेमालो मार्फत नै अगाडी बढ्न सकिन्छ ।

सलोन :  हामीले फिल्ममा अभिनय गरिसकेपछी पब्लिसिटीमा के बोल्ने भन्ने नै चिन्ता हुन्छ किनकी थोरै फिल्ममा मात्र बोल्ने कुरा पाइन्छ । यसमा मैले बोल्ने प्रसस्तै कुराहरु छन् । फिल्मले नेपालको सुन्दरतालाई देखेको छ नै साथै एउटा सरल कथालाई फिल्मी शैलीमा प्रस्तुत गरेको छ । मेरो क्यारेक्टरको बारेमा धेरै बोल्दा कथा खुल्ने भएकोले पनि म के भन्छु भने फिल्मले तपाइँलाइ राम्रोसँग बाधछ साथै नेपाली फिल्ममा नयाँपन पनि पाउनु हुन्छ ।