पलले गरे भिमको घर शिलान्यास

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

नायक पल शाहले देवघाटका अशक्त भिम बहादुर बिकको घरको शिलान्यास गरेका छन् । समाजिक संजालमा भाईरल भएका भिमको घर ५ वर्ष अगाडी जलेर पुर्ण रुपमा नष्ट भएको थियो । शाहले घरवार बिहिन बिकको घरको जग राखिदिएका छन् । समाजसेवी रन्जिता गुरुङ्गको अगुवाइमा बिकको घर निर्माण कार्य सुरु भएको हो। शिलान्यास गर्दै अभिनेता पल शाहले आफुले पनि भौतिक, आर्थिक, समाजिक रुपमा सकेको सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । अभिनेता पलले समाजिक कार्यमा सहभागी भएर सहयोग गर्न पाउँदा आफु र आफ्नो परिवारलाई निकै खुशी मिल्ने बताए । पल शाह पछिल्लो समय सामाजिक कार्यमा निकै सक्रिय रहेका छन् ।

घर निर्माण अभियानमा अमेरिका निबासी हेम थापाले आर्थिक सहयोग गरेका छन् । भने बाँकी अपुग रकमका लागी देश तथा विदेशमा रहेका सम्पुर्ण नेपालीहरुलाई सहयोगका अपिल गरिने छ । आगामी नयाँ वर्ष बैशाख १ गतेबाट घर निर्माण कार्य थालनी हुनेछ भने असार १ गते भन्दा अगाडी नै घर निर्माण कार्य सम्पन्न गरी हस्तान्तरण गर्ने लक्ष्य राखेको छ । ५० बर्षिय भिमको शारिरीक वनावट साधारण मानिसको भन्दा सानो छ । उनको बोली ब्यवहार बालबालिकाको जस्तो छ ।