मिडियाबाट लुक्दै आएका अर्जुन-मलाइकाको बिवाहको मिती बाहिरियो,खबर गोप्य राखिदिन आग्रह

मुम्बई, एजेन्सी ।

बलिउड अभिनेत्री मलाइका अरोडा खान र अभिनेता अर्जुन कपुरले आफ्नो प्रेम सम्बन्ध निकै लुकाउन खोजे । आखिर मिडियामा यस्ता बिषय लुकाएर लुक्दैन । मिडिया सामू आफ्नो सम्बन्धलाई लिएर घुमाइफिराई कुरा सल्टाउदै आएका मलाइका र अर्जुनको विवाहको मिति तोकिएको खबर बाहिरिएको छ । यसबारे विभिन्न भारतीय मिडियाले समाचार प्रकाशित गरिरहेका छन् ।

बर्षौ देखि एकअर्कालाई डेट गर्दै आएका उनीहरुले १९ अप्रिल, २०१९ मा विवाह गर्ने भएका छन् । स्रोतका अनुसार बिवाहलाई निकै गोप्य राख्ने कोसिस भइरहेको र मलाइका र अर्जुनले बिवाहको तयारीमा लागेका सबैलाई बिवाहको खबर गोप्य राखिदिन आग्रह गरेको बुझिएको छ । तर यसबारे हाल सबैलाई जानकारी भइसकेको छ कि यि दुई तोकिएको समयमै बिवाहबन्धनमा बाँधिदै छन् । उनीहरुका फ्यान यस बिषयलाई लिएर एकदमै उत्सुक भएको जानकारी पाइएको छ।

बिवाहमा यसमा मलाइका र अर्जुनका परिवारका सदस्य र निकै नजिकका साथीमात्र उपस्थित हुने बताइएको छ । भारतीय मिडियाका अनुसार बिवाहको तयारी जोडतोडका साथ सुरु भइसकेको छ । उनीहरुले क्रिश्चिय रितिरिवाजमा बिवाह गर्ने बताइएको छ । यदाकदा मलाइकाको पुर्वपति अरवाजसँगको सम्बन्ध टुट्नुमा अर्जुनको हात रहेको समाचार बेलाबेलामा बाहिरिने गर्छ । हाल भने यी दुई एकअर्कालाई निकै प्रेम गर्ने गरेका छन् । तर पब्लिकमा उनीहरुले आफ्नो सम्बन्धलाई कहिल्यै स्वीकार गरेनन्।

अरवाजका दाई सलमान खानले भने यस समबन्धलाई निकै घृणा गर्दै आएका छन् । केही दिन अघि उनले चलचित्र ‘दबंग–३’ बाट मलाइका अरोरालाई ‘आउट’ गरिदिएका थिए । उनले चलचित्रको पहिलो र दोस्रो सिरिजमा आइटम डान्स गरेकी मलाइकालाई तेस्रो सिरिजबाट भने हटाइदिए। पहिलो सिरिज ‘दबंग’ मा आइटम गीत ‘मुन्नी बदनाम हुई’ मा जबरजस्त आइटम डान्स गरेकी मलाइकाले ‘दबंग–३’ मा पनि आइटम डान्स गर्ने चर्चा चलेको थियो । तर, अरबाज खानसँग सम्बन्धविच्छेद भएपछि उनलाई उक्त गीतबाट हटाइयो । किनकी सलमान मलाइका र अर्जुन कपूरको सम्बन्धदेखि पहिल्यैदेखि नै असन्तुष्ट थिए ।