पहिलो राष्ट्रपतिद्वारा कलाकर्मीहरु सम्मानित

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

आइतबार सम्पन्न नाट्यश्वर म्यूजिक अवार्डमा नेपाली चलचित्र, संगीत तथा रंगपत्रकारिताको क्षेत्रमा योगदान पुर्याएकाहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ ।गणतन्त्र नेपालका पहिलो राष्ट्रपति डा. रामवरण यादवको प्रमूख आतिथ्यतामा काभ्रेको बनेपामा आईतवार आयोजित ‘पहिलो नाट्यश्वर म्यूजिक अवार्ड’ समारोहमा पुराना लोक गायक शिव नारायण जोशीलाई लाईफटाईम अचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो। नेपाली चलचित्र क्षेत्रमा पाँच दशक भन्दा लामो योगदान दिएका अभिनेत्रीद्वय चैत्य देवी र बसुन्धरा भुषाललाई ‘नाट्यश्वर स्वर्ण सम्मान’ प्रदान गरिएको थियो ।

एक दशक भन्दा लामो समयदेखी रंगपत्रकारिमा सक्रिय जिवन पराजुलीलाई ‘नाट्यश्वर रत्न रंग पत्रकारिता पुरस्कार’ प्रदान गरिएको थियो । गायक सिताराम पोखरेल,  हरी कर्माचार्य, सरु थापा, बिबि लामा लगायतका श्रष्टालाई ’नाट्यश्वर बिशेष सम्मान’ प्रदान गरियो । पत्रकार शान्तिप्रियलाई ‘नाट्यश्वर रजत सम्मान’ तथा पत्रकारद्वय सचित खड्का र स्वस्तिका चिलुवाललाई ‘नाट्यश्वर कला पत्रकारिता सम्मान’ दिईएको थियो । साथै अन्य केहि कलाकर्मीहरुलाई पनि सम्मान प्रदान गरिएको थियो।

समारोहमा बोल्दै पूर्वराष्ट्रपति डा. यादवले हरेक मानिस कलाकार र मानिसको जीवन नाटक भएतापनि कलाकारले पेशागत कलाकारिता गरिरहेको बताउँदै आफुले सँधै कला क्षेत्रलाई सम्मान गरिरहेको बताउनुभयो।डा. यादवले नेपाली कला क्षेत्रमा आफ्नो तर्फबट हुनसक्ने सम्पूर्ण सहयोग गर्न सदैव तत्पर रहने जिकिर गरे । एक वर्षभित्र सार्वजनिक भएका गीत–संगीतलाई आधार मान्दै ४५ विधामा ‘नाट्यश्वर म्यूजिक अवार्ड’ प्रदान गरिएको थियो । जसमा उत्कृष्ट पप गायक पुस्कर सुनुवार, पप गायिका लक्ष्मी प्रधान पुरी, पप संगीतकार सन्तोष श्रेष्ठ, आधुनिक गायक योगेश विक, आधुनिक गायिका सारिका घिमिरे, आधुनिक संगीतकार यम गुरुङ्ग, लोकगायक बल ब. गुरुङ्ग, लोकगायिका श्रीदेवी देवकोटा लगायतले अवार्ड प्राप्त गरेका थिए ।