ठगीको आरोपमा ‘नोटबुक’ निर्मात्री प्रज्ञा जोशी पक्राउ

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

केही वर्ष अघि चलचित्रमा सक्रिय रहेकी निर्मात्री तथा कलाकार प्रज्ञा जोशी प्रहरीद्दारा पक्राउ परेकी छिन् । आइतबार इटहरीबाट उनलाइ प्रहरीले ५० लाख ठगी गरेको आरोपमा पक्राउ गरेको हो । सोमबार उनलाई इटहरीबाट काठमाडौं ल्याइँदैछ । लामो समयदेखि उनी लुकेर इटहरीमा बस्दै आएकी थिइन् । बताइएअनुसार उनले एक जग्गाको कारोबारमा ५० लाखको चेक दिएकी थिइन् । उक्त चेक बाउन्स भएपछि उनीविरुद्ध प्रहरीमा मुद्धा चलेको थियो । इलाका प्रहरी कार्यालयले जनाएअनुसार सुवर्णकुमारी श्रेष्ठले आफूलाई ठगेको भन्दै महानगरीय प्रहरी परिसर काठमाडौंमा दिएको उजुरीको आधारमा जोशीलाई पक्राउ गरिएको हो ।

उनले दर्जन भन्दा बढी चलचित्रमा अभिनय गरेकी छिन् भने केही चलचित्रहरु निर्माण समेत गरेकी छिन् ।  उनले चलचित्र 'नोटबुक', 'न बिर्सें तिमीलाई न पाएँ तिमीलाई' ,'सम्झना' 'सपुत' निर्माण गरेसकेकी छिन् भने चलचित्र 'कान्छी नानी'  'तिमी मात्र तिमी' लगायतका फिल्ममा अभिनय पनि गरेकी छिन् ।