धरानमा ‘हाम्रो सुर सगरमग सांगितीक’ कार्यक्रम हुने

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

धरानको सभागृहमा आउँदो चैत २३ गते हाम्रो सुर सगरमग सांगितीक कार्यक्रम हुने भएको छ । साथै त्यसै कार्यक्रमको साथमा दोश्रो संस्करणको स्मुल आइडलको पुरस्कार वितरण समारोह हुने पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

स्मुल आइडलबाट इन्टरनेटको माध्यमबाट गीत संगीतमा रुची भएका स्रष्टा तथा सर्जकको मञ्च तयार गरी संगीतको विकाशका लागी योगदान दिइरहेको थियो । हालै सम्पन्न दोश्रो संस्करणको विजेता दिर्जिलिङकी तार्मी लेप्चा, दोश्रो काठमाडौका विनोदराज तिवारी, तेश्रो सिक्कीमका सागर तामाङ र चौथो धरानका प्रेम लामा लाई सो कार्यक्रमका विचमा सम्मान गरिने कार्यक्रम समुहका बर्तमान अध्यक्ष चन्द्र सोताङ राईले जानकारी दिए। दोश्रो संस्करणको आइडलमा २ सय १६ जना कलाकारहरू सहभागी रहेका थिए । आइडलका निर्णायकमा वरिष्ठ संगितकार ओमप्रकाश राई, बिबि अनुरागी र कुशल थलङ रहेका थिए ।

हाम्रो सुर सरगम कार्यक्रमको विशेष आर्कषणमा रुपमा वरिष्ठ संगितकार ओमप्रकाश राई, गायक कुशल थलङ, गायक महेन्द्र राई, गायिका दिपा तामाङ र हाँस्य कलाकार उमेश राई (फुलन्देको आमा) रहेका छन्। साथमा स्थानिय कलाकार गायक भक्तिराज राई र गायिका सजना राईको समेत प्रस्तुति रहने कार्यक्रमका सह संयोजक कमान सिंग याम्फुले बताए । उनिहरूसंगै स्मुल आइडलका विजेताहरू र टप १० प्रतियोगीहरूको समेत प्रस्तुती रहने बताइएको छ ।