‘सानो मन’मा समावेश एक गीतमा सलमान खानका ट्रेनरको कोरियोग्राफी

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

नेपाली चलचित्र ‘सानो मन’को एक गीतको भिडियो बलिउडका कोरियोग्राफर साजन सिंहले निर्देशन गरेका छन् । रोमन बज्राचार्य, सुयोग गुरुङ्ग र सिमा राईको स्वरमा रहेको ‘रानु कम्मर’ बोलको पार्टी गीतमा चलचित्रका मूख्य कलाकारद्वय आयुष्मान देशराज जोशी र शिल्पा मास्केले नृत्य गरेका छन् ।

साजन बलिउड सुपरस्टार सलमान खानका ‘पर्सनल डान्स ट्रेनर’ समेत हुन् । बलिउडका प्रख्यात कोरियोग्राफर रेमो डिसुजासँग आठ बर्षसम्म काम गरेका साजनले अहिले भने आफैले कोरियोग्राफी गर्दै आएका छन् ।

साजनले बलीउडका चर्चित चलचित्रहरु ‘एबिसिडी’ र ‘एबिसिडी २’मा अभिनय तथा सहायक नृत्य निर्देशन गरेका थिए । उनले डान्स इण्डिया डान्सको दुई सिजनमा सहभागिता जनाएका थिए । साजनका सहयोगी आशिष बशिष्ठ पनि छायांकनको बेला नेपाल आएका थिए ।

आशिष ’डान्स इण्डिया डान्स सिजन ५’मा उत्कृष्ट चारसम्म पुग्न सफल भएका थिए । सुयोग गुरुङ्गले निर्देशन गरेको यो चलचित्र म्यूजिकल लभस्टोरी जनरामा निर्माण हुने बताइएको छ । काठमाडौं, भैरहवा, हङकङ र मकाउमा छायांकन हुने चलचित्रका निर्माताहरु योगेश गुरुङ, राजिव श्रेष्ठ र राजेन्द्र मानन्धर हुन् ।

चलचित्र ओ.पि.जी. फिल्मस् र ए प्लस इन्टरटेन्मेन्टको ब्यानरको तल बन्नेछ । गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्टलगायतका कलाकारहरुको पनि यसमा अभिनय रहनेछ । समिर सुनवार र निर्देशक गुरुङको लेखनमा चलचित्र बनिरहेको छ । आलोक शुक्लाले छायांकन गरिरहेका छन् । चलचित्रमा मनिष राईको कस्ट्युम रहेको छ भने प्रोडक्सन डिजाईनर यम प्रसाद ओली हुन् । रित बोहरा चलचित्रका मूख्य सहायक निर्देशक हुन् ।