नवलपुर ट्यालेन्ट खोजिदै, प्रचारप्रसार तिब्र

आर्टिष्ट खबर/ चैत, नवलपुर ।

नवलपुर जिल्लामा रहेका नवप्रतिभाहरुलाई स्थान दिने उद्धेश्यले ‘नवलपुर गट ट्यालेन्ट’को आयोजना हुने भएको छ । अभिनय, गायन र नृत्य बिधामा रुचि राख्ने प्रतिभाहरुले यो प्रतियोगीतामा भाग लिन सक्नेछन् ।  गतबर्ष पहिलो सिजन सम्पन्न भइसकेको यो प्रतियोगीताको अहिले दोस्रो सिजन हो । अहिले नवलपुरका बिभिन्न स्थानमा अडिसन चलिरहेको छ भने  आउँदो बैशाख १३ गतेसम्म अडिसन चल्ने आयोजक ड्रिम्स क्रिएसन एण्ड इभेन्ट म्याजेनमेन्टले जनाएको छ ।

गायन र नृत्य बिधामा प्रथम हुने बिजेताले नगद रु. ५५ हजार ५ सय ५५, द्धितिय बिजेताले ३३ हजार ३ सय ३३ र तृतिय बिजेताले २२ हजार २ सय २२ नगद सहित ट्रफि र प्रमाणपत्र पाउनेछन् ।

यस्तै अभिनय तर्फका प्रथम बिजेताले नगद ३० हजार सहित चर्चित हाँस्य टेलिसिरियल भद्रगोलमा खेल्ने अवसर पाउनेछन् । यस्तै द्धितिय बिजेताले नगद २० हजार सहित चर्चित हाँस्य टेलिसिरियल मेरिबास्सैमा खेल्ने अवसर पाउनेछन् भने तृतिय बिजेताले नगद २० हजार सहित चर्चित हाँस्य टेलिसिरियल हर्के हवल्दारमा खेल्ने अवसर पाउने छन् ।

अहिले अडिसनका लागी निर्णायकमा रमेश मेलोडी, किशोर नेपाली र राशी रिजाल रहेका छन् । प्रतियोगीताको सुरुवाती दिनदेखी नै ठूलो भूमिका खेल्दै आएकी राशि रिजालका अनुसार फाइनलमा राष्ट्रियस्तरका अन्य कलाकारहरुको पनि उपस्थिती रहनेछ । ‘नवलपुर गट ट्यालेन्ट’को आर्टिष्ट खबर डटकम अफिसियल मिडिया पार्टनरको रुपमा रहेको छ ।