‘गोहो’ कथासङ्ग्रह सार्वजनिक

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

कथाकार जिके पोख्रेलको कथा संग्रह गोहो सार्वजनिक भएको छ। सर्वनाम थिएटरमा भएको एक कार्यक्रममा समीक्षकद्वय महेश पौड्याल, राजिन पनेरु र कथाकार पोख्रेलले संयुक्त रूपमा सार्वजनिक गरेका हुन्। ुगोहोुमा नेपालको जनयुद्ध कालको दशवर्षे राजनीतिक र सामाजिक सङ्क्रमणको पृष्ठभूमिमा लेखिएका कथाहरू समावेश रहेका छन्।

परिचर्चाका सहभागी समालोचक महेश पौड्यलाले जिकेका कथा राजनैतिक र सामाजिक विषयवस्तुमा आधारित भएर पनि तटस्थ रहेको बताए । जनयुद्ध र संक्रमणको समयलाई पर्खेर, हेरेर तथा परख गरेक करिब एक दशकपछिमात्रै कथा लेखेकोले यो सम्भव भएको उनको टिप्पणी थियो । साथै उनले भने, “जिकेका कथाले लैङ्गिक समानताको हकमा चलनचलतीका एकाङ्गी दृष्टिकोण सञ्याउन, स्वतन्त्रता र स्वच्छन्दाबीचको विभेदबारे चिन्तन गर्न तथा प्रेम र विवाहका हार्दिक तथा बाध्यात्मक पक्षबीचको बैषम्यबारे मनन गर्न अभिप्रेरित गर्दछन् ।”

अर्को वक्ता राजिन पनेरुले भने, ञपोख्रेलको पुस्तकले नेपाली समाजको निकट विगतको ठूला सकसको कथा बोकेको छ । नेपाली माटोको कथालाई जीवन्त रूपमा देखाएको हुनाले हरेकले पढ्नै पर्ने बताए । कथा भित्र बिम्बात्मक विषयवस्तु शक्तिशाली रूपमा प्रयोग भएको कुरामा उनको जिकिर थियो । ुबिम्बले अव्यक्त चिजलाई व्यक्त गर्छ। आकारमा सानो, अर्थमा ठूलो आम मानिसको एक जीवन्त कथा रहेको छ,ु पनेरूले भने ।

कथाकार पोख्रेलको दश वर्षे जनयुद्धको उठानदेखि बैठानसम्मको पृष्ठभूमिमा रहेर आफूले कथा लेखेको कथन थियो । अहिले अर्को कुनै पक्ष पुनः भूमिगत हुने अवस्था आएको भन्दै कथामा लेखिएका घटनाहरू यथार्थपरक रहेको बताए। उनले 'गोहो'भित्र रहेका घटना, पात्रसँग आफू पनि कहीकही जोडिएको स्वीकार गर्दै जनयुद्धलाई चियाउने एउटा सुन्दर आँखीझ्याल हुनेमा विश्वस व्यक्त गरे। पोख्रेलको यसअघि दुईवटा कथा संग्रह जून निदाएको रात ९२०६९० र स्वभिमानको चिता ९२०७२० सार्वजनिक भइसकेका छन्। कार्यक्रममा सहजकर्ताको भूमिका सिनेसञ्चारकर्मी दीपज्योति थापाले गरेकी थिइन्। दशवटा कथा समावेश रहेको गोहो अक्षरञ्शालाले प्रकाशन गरेको हो।