यसरी मनाइन् वर्षाले २६औँ जन्मदिन

आर्टिष्ट खबर/चैत, काठमाडौं

नायिका वर्षा सिवाकोटी आइतबार चैत २४ गतेबाट २५ बर्ष पुरा भई २६ बर्षमा प्रवेश गरेकी छिन् । चलचित्र ‘नाई नभन्नु ल २’ बाट नायिका बनेकी वर्षा अहिले आफ्नो आउँदो चलचित्र ‘विर विक्रम २’को प्रमोशनमा लागिरहेकी वर्षाले आइतबार बिहानै पशुपति मन्दिरमा पुगेर दर्शन गरेर जन्मदिन मनाइन् । साथै बिहानीमा परिवार र दिवा समयमा चलचित्र टिम र मिडियाहरुसँग अन्तर्वातामा समय बिताउँदै जन्मदिन मनाइन् ।

वर्षाले हरेक जन्मदिनमा घरमा बिहेको कुरा चल्ने बताइन् । यसबर्षको जन्मदिनमा पनि घरमा बिहानै आमाले बिहेबारे सम्झाएको बताउँछिन् । ‘उमेर पुगेकी छोरीलाई बेलाबेलामा बिहेको कुरा चल्नु नेपाली समाजमा नौलो कुरा त होइन तर जन्मदिनको दिन भने चलेकै हुन्छ ।’ वर्षाले भनिन् । वर्षाले बिहे गर्नैपर्छ भनेर परिवारबाट दबाव भने नआएको बताउँछिन्।‘परिवारले मेरो काम बुझ्नु हुन्छ त्यसैले त्यस्तो प्रेसर गर्नुहुन्न, केहिलेकाँही भन्नु स्वभाविक हो ।’ वर्षाले भनिन् । यस्तै वर्षाले ‘विर विक्रम २’का लागी आफूनिकै उत्सुक रहेको बताइन् । यसअघिका चलचित्र ब्यवसाहिक हिसाबले छलाङ मार्न नसकेकाले वर्षाका लागी ‘विर विक्रम २’ बिशेष छ । उनको करिअरले फड्को मार्नका लागी यो चलचित्र सफल हुनुपर्छ ।