नेपाल फर्कीए ‘सम्हालिन्छ कहिले मन’ टिम,आलोचनाबारे बोल्दै पुजा

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

छायांकनका लागि लण्डन पुगेका चलचित्र ‘सम्हालिन्छ कहिले मन’ टिम नेपाल फर्किएको छ । मंगलबार बेलुकी त्रिभुवन विमानस्थलमा मिडियाकर्मी र फ्यानहरुले उनीहरुलाई स्वागत गरेका थिए ।चलचित्रकी अभिनेत्री पूजा शर्मा उनका फ्यानकाबीच घेरिएकी थिइन् भने अभिनेता आकाश श्रेष्ठ र निर्देशक सुदर्शन थापासँग पनि फोटो खिचाउँने अडियन्सको कमी थिएन । विमानस्थलमा पुगेका मिडियासँग कुराकानी गर्दै चलचित्रको ९५ प्रतिशत छायांकन लण्डनमा सकिएको निर्देशक थापाले बताए।चलचित्रको बाँकी छायांकन नेपालको मुस्ताङ र भारतमा हुने उनको भनाइ छ । यसैक्रममा टिमले सक्दो मिहिनेत गरेको र मिहिनेत गरेअनुसारको चलचित्र निकै राम्रो बन्ने पूजा शर्माले बताएकी छिन् ।

छायांकनका क्रममा लण्डनमा रहँदा पूजाले बरुण धवनलाई भेटेकी थिइन् । धवनलाई भेट्दा पूजाले केही आलोचना खेप्नु परेको थियो । सामाजिक सञ्जालमा उनले बरुणसगँको फोटो सार्वजनिक गर्दा मानिसले बिभिन्न टिका टिप्पणी गरेका थिए । उनले यस आलोचनाको बिषयमा कुरागर्दै भनेकी छिन् । 'एउटै क्षेत्रको मानिस भएपछि के जात? के देश? के संस्कृती? हामी बरुण धवन लण्डनमै भएको थाहा पाएर उसलाई खोज्दै भेट्न गएका होइनौ । हाम्रो टिम र उहाँहरु संजोगबस एउटै होटलमा बस्न पुगेछौँ । त्यही समयनै हामीले बरुणलाई भेटेका हौँ।'

चलचित्रमा पूजा शर्मा, आकाश श्रेष्ठ र सोनम तोप्देनको मुख्य भूमिका छ । आकाशले चलचित्रका लागि महंगो पारिश्रमिक लिएको समेत बुझिएको छ ।यो चलचित्रका लागि सोनमले एउटा गीतमा आवाज दिएका छन् । सोनम कभर गीत गाएर चर्चामा छन् । भारतीय मुलका तिब्बतियन गायकले यो चलचित्रमार्फत नेपाली चलचित्रमा डेब्यू गरेका हुन् । चलचित्रलाई एबी प्रोडक्शनले निर्माण गरेको हो। निर्माणपक्षले बताएअनुसार यो चलचित्र भदौमा सार्वजनिक प्रर्दशनमा आउँनेछ ।