जान्वीको पहलमा ‘बिद्यालयमा इ–लाइब्रेरी’

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

नायिका जान्वी बोहराको पहलमा क्षेत्री समाज यू के र जान्वी  फाउन्डेसनले सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालीका, टेकानपुरमा रहेको  कालिका मा.बीमा २ कोठ भवन सहित अत्याधुनिक बिद्युतिय पुस्तकालय निर्माण हुने भएको छ । गत सोमबार नायिका तथा फाउण्डेसनकी अध्यक्ष जान्वीले एक समारोहका बिच परियोजनाको शिलान्यास गरिन् ।

बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष रामशरण बोहराको अध्यक्षतामा आयोजित सो शिलान्यास समारोहमा नायिका जान्वीले आफैले पढेको बिद्यालयमा सहयोग गर्न पाउँदा खुसी लागेको बताइन् । ‘म यसै बिद्यालमा पढेकी, यही माटोमा हुर्केकी यसै धर्तीकी एक चेली मेरो तर्फबाट सानो भएपनि सहयोग गरौं भन्ने लागेर यो काम आँटेकी हुँ’, जान्वीले भनिन् ।

हाल प्रवासमा साहित्यलाई परोपकारीता र निर्माणमा जोड्ने दोश्रो प्रयोगको रुपमा उही क्षेत्री समाजले यस बिध्यालयमा २ कोठे भवन सहित अत्याधुनिक बिध्युतिय पुस्तकालय निर्माणमा कबिता कन्सर्ट गरेर करिब १७ लाख भन्दा बढी रकम बचत गर्न सफल भएको छ । जसमा कुल लागतको १० प्रतिशत फाउण्डेशनको समेत आर्थिक लगानी रहनेछ भने बिद्यालयले पनि नगद, श्रमदान वा जिन्सीबाट जुटाउने छ ।