सरु जोशीलाई ‘ब्युटिसियन ट्यालेन्ट’को ताज

आर्टिष्ट खबर/ बैशाख,काठमाडौं ।

ब्युटिसियन ट्यालेन्ट नेपाल २०१९, सिजन–२ को ताज भक्तपुरकी सरु जोशीले ताज जितेकी छिन्। प्रतियोगितामा आफ्ना २४ प्रतिस्पर्धीलाई पछि पार्दै सरुले मोस्ट स्मार्टको उपाधि सहित ब्युटिसियन ट्यालेन्ट नेपाल २०१९, सिजन–२ जितेकी हुन्। उनले उत्कृष्ट भएबापत गोल्डेन स्टेप्स टुर एन्ड ट्राभल्सबाट ५५ हजार रुपैयाँ बराबरको बैंककको चार रात, पाँच दिनको टुर, आभास मिडियाबाट एक महिनाको एँकरिङ कोर्ष लगायत विभिन्न उपहार प्राप्त गरिन् । कार्यक्रम काठमाडौंको जमल स्थित नाँचघरमा सम्पन्न भएको थियो ।

रोज सिप बिकास तालिम केन्द्र, रोज ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर र बिलक्षण क्रियसनद्धारा आयोजित यस प्रतियोगितामा फस्ट रनरअपको उपाधि कविता लामाले जितिन् । यस्तै सेकेन्ड रनरअप र बेस्ट स्माईलको ताज मुना श्रेष्ठ हाँसिल गरिन् । यी दुबै बिजेताले पनि ४ रात ५ दिन बैंकक बसाईको २० हजार रुपैयाँ बराबरको सेवा सहित विभिन्न उपहार प्राप्त गरे ।आयोजक संस्था रोज सिप विकास तालिम केन्द्रकी अध्यक्ष सुन्दरी  कारंजित (सोनी)ले कार्यक्रममा स्वागत मन्तव्य राख्दै ब्युटिसियन महिलाहरुको व्यक्तित्व विकाश, प्रतिभा प्रस्तुतिका लागि गत वर्षबाट प्रतियोगिता आयोजना गरिँदै आएको बताईन् ।

यो प्रतियोगिताको निर्णायकमा सिटिइभिटी कोअर्डिनेर डा. राजश्री श्रेष्ठ, अभिनेता रमेश उप्रेती, हास्य अभिनेत्री पल्पसा डंगोल, सिटिईभिटी सिप परिक्षण अधिकृत सूर्य अधिकारी, सामाजिक अभियान्ता सहिम शाह कलाकार सितास्मा हमाल मल्ल, ब्युटिसियनहरु सारदा क्षत्री र रुस्का बैध श्रेष्ठरहेका थिए ।