‘यात्रा’मा परिपक्क सलिनमान

आर्टिष्ट खबर/ बैशाख,काठमाडौं ।

गएको शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘यात्रा: अ म्युजिकल भ्लग’ले अहिले देशभरबाट राम्रो प्रतिक्रिया पाइरहेको छ । यसैबिच शुक्रबार नै गरिएको बिशेष शोबाट पनि चलचित्रकर्मिहरुबाट राम्रो प्रतिक्रिया मिलेको छ । यात्रा हेरिसकेपछि अभिनेता सलिनमान बनियाको कामको तारिफ धेरैले गरेको थिए । सलिनको यो दोस्रो चलचित्र हो । ‘ए मेरो हजुर २’बाट अभिनय यात्रा सुरु गरेका सलिनको काममा अझ परिपक्कता आएको प्रतिक्रिया धेरैले दिएका थिए ।

यो चलचित्रमा सलिनको एक्सन पनि देख्न पाइन्छ । चलचित्र हेर्न पुगेका अभिनेता शिव श्रेष्ठ, दिनेश डिसी, दीपकराज गिरी, दीपाश्री निरौला, रेखाथापा, सिताराम कट्टेल, कुन्जना घिमिरे, रमेश उप्रेती, निर्माता माधव वाग्ले, निर्देशक दिवाकर भट्टराई, निर्देशक मिलन चाम्स , निर्देशक अपिल विष्ट सहित टेलिसिरियल भद्रगोल टिमले चलचित्रको मेकिङ, कथावस्तु तथा कलाकारहरुको कामको तारिफ गरेका थिए ।

चलचित्र हेर्न आँखाको ज्योति गुमाएर पनि धेरैको प्रेरणा बनेकी सृष्टी केसी पनि आइ पुगेकी थिइन् । चलचित्रमा डेब्यु गर्ल मलिका महतले ‘ब्लाइन्ड’को भूमिका निर्वाह गरेकी छिन् । ‘हामी आत्म निर्भर हुन्छौ र हामीले आफुलाई कसरि सबल बनाउछौ भन्ने प्रेरणा फिल्मले दिन्छ’ सृष्टीले चलचित्र हेरेपछि प्रतिक्रिया दिदै भनिन् ‘यस विषय वस्तुमा फिल्म बनाउनु भएकोमा मेकरलाई धन्यवाद ।’

चलचित्रमामा सलिनसंगै सलोन बस्नेत, जान्वी बस्नेत, जय नन्दलामा, रेअर राई, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजारामपौडेल, विशाल कटवाल, समृद्धि राई, योगेश जंगकुँवर, इश्वर पौडेल, नानीकाजी डंगोल, राजेश बिसुराल, इश्वर पौडेल, देशभक्त खनाल, कमल मैनाली, सौगात शर्मा लगायतको अभिनय रहनेछ । यसै चलचित्र मार्फत मलिकामहतले डेब्यु गर्दैछिन् ।